१० मंसिर २०८१, सोमबार

बाँके -बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रमा प्रदेश सासंद खत्रि

दाउरा घाँस लिन जाने समुदायका जनतालाई ५ सय देखि १ हजार जरीवाना लगाउदै निकुञ्ज

  • प्रमोद रिजाल

कोहलपुर,बाँके:  बाँके क्षेत्र नं. ३ ‘क’ वाट निर्वाचित लुम्विनी प्रदेश सभा सदस्य रत्न खत्रिले राष्ट्रिय निकुञ्जवाट प्रभावित बाँके- बर्दियाका जनातासंग भेटघाट गरेका छन । आफनो निर्वाचन क्षेत्र अन्तरगत आज विहिवार खत्रिले बैजनाथ १ चिसापानी स्थित करेलीखोला, बन्चरे खोला तथा थारुवास खोला आसपासका जनताहरुको पिर मर्का तथा विकास निर्माणका सवालमा छलफल गर्न भेटघाट कार्यक्रममा सहभागिता जनाएका हुन ।

उक्त अवसरमा सो क्षेत्रका जनताले पुल पुलेसा, सडक, विद्युत,खानेपानी तथा वालिनाली नष्ट र क्षतिपुर्तिको बारेमा सांसद खत्रि समक्ष आफना गुनासा तथा मागहरु राखेका थिए ।

जनाताहरुले सामान्य दाउरा समेत उपभोग गर्न नपाएको, सामुदायिक वनले दिने बिभिन्न जनजिविकाका सामाग्रिहरु ऐलानी जग्गा भएकै कारण उपभोग गर्न नपाएको, खोलामा पुल नहुदा बाँके- बर्दियाको सिमानामा रहेको करेली खोलाले दिने दुख र वेला वेला निकुञ्जले दिने सास्ति र जरीवानाका सवालहरु राखेका थिए ।

जनाताका सवालहरुको सम्वोधन गर्दै खत्रिले बञ्चरे खोला तथा करेली खोलामा तटबन्धनका निम्ति १ करोड विनियोजन भईसकेको उल्लेख गर्दै बाँके बर्दिया जोडने पुल बनाउन प्रदेशको वजेटले धान्न नसक्ने भएकाले संघिय सरकारसंगको समन्वयमा आफनो कार्यकाल भरिमा पुलका निम्ति वजेट विनियोजन गराएरै छाडने प्रतिबद्धता जनाएका छन ।

लाल पुर्जा नभएकै कारण र ऐलानी जग्गामै वसोवास गरेकै कारण नागरिकहरुले अधिकारवाट बञ्चित हुन नपरोस भन्ने विषयमा आफु गम्भिर भएको उल्लेख गर्दै निकुञ्ज क्षेत्र आसपासमा वन्य जन्तुले दिएको दुख र पुरयाएको नोक्सान सोध भर्नाका निम्ति निति निर्माण तहमै पहल गर्ने राष्ट्रिय निकुञ्जसंग अन्तरक्रिया गरि समस्या समाधान गर्ने गरि आफु अगाडि बढने जनाए ।

खत्रिले दाउरा घाँस उपभोग गर्ने जनताहरुलाई निकुञ्जले जरिवाना लगाउने बिषय निकै गम्भिर भएको भन्दै जल, जंगल र जमिन उपभोग गर्न पाउने आम नागरिकको मौलिक अधिकारभित्र रहेकाले उक्त अधिकार हनन हुनेगरि काम कारवाहि नगर्न सम्बन्धित पक्षसंग आग्रह समेत गरे ।
निकुञ्जको कानुन नै सम्सोधन गरेर भएपनि यस्ता समस्याहरुको तत्काल समाधान खोज्न आफुले सदनमा समेत यस क्षेत्रका आवाजहरुलाई बुलंद गर्ने भन्दै सांसद खत्रिले साना साना योजनाहरुमा पालिकाले हेर्ने, ३० लाख सम्मका प्रदेशले हेर्ने निति अनुरुप विकास हुदै गएको भएपनि कम्तिमा ५० लाख सम्मका योजनाहरु प्रदेशले हेर्ने गरि आगामि बजेटमा विनियोजन गर्न समेत आफुहरुको निरन्तर दवाफ रहि आएको स्मरण गरे ।


जग्गा नभएका भुमिहिन, जग्गा भएका तर लालपुर्जा नपाएकाहरुको हकमा यथाशिघ्र यस बिषयलाई सम्बोधन गरिने भन्दै सांसद खत्रिले कसैले ऐलानिमा वसेकै भरमा राज्यले दिने सेवा सुविधावाट बञ्चित हुने अवस्था सिर्जना गरेको भए त्यो खेदजन्य बिषय भएको जिकिर गरे ।

बाँके बर्दिया- राष्ट्रिय निकुञ्ज प्रभावित खाद्य अधिकार समुहका अध्यक्ष खडक बहादुर रामजालीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानियवासिहरु सुरेश गुरुङ, पार्वती पुरी,गोपाल बुढा लगाएत दर्जन बढिले सांसद खत्रिलाई आफनो समुदायका समस्याहरु सुनाएका थिए ।
फियान नेपाल लुम्विनी प्रदेस संयोजक सुरेश गौतमले खाद्य अधिकार र निकुञ्ज प्रभावित समुदायको अधिकारका वारे प्रष्ट पारेको कार्यक्रममा बैजनाथ गाउपालिका वडा नं. १ का वडा अध्यक्ष रुप वहादुर मल्ल, बैजनाथ खाद्य अधिकार सञ्जालका अध्यक्ष एकता शाह लगाएतले समेत यस क्षेत्रको वर्तमान अवस्थाका समस्या र समस्याका बिषयमा आ -आफनो धारणा राखेका थिए ।

  • १ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech