२ कार्तिक २०८१, शुक्रबार

नेपालगञ्ज महोत्सवमा आज प्रमोद खरेल आउदै
  • न्युज मानसराेवर

नेपालगन्ज: नेपालगन्जको वाटरपार्कमा जारी महोत्सवको सांगितिक कार्यक्रमले दर्शकको सहभागिता ह्वात्तै बढाएकोछ । स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारलाई महत्वका साथ सहभागि बनाउने आयोजकको रणनीतिस्वरुप नै दर्शकको सहभागिता दिनहुँ बढदै गएको हो ।
लगातार भएको सार्वजनिक विदा र रङ्गहरुको पर्व होलीको पूर्व सन्ध्यामा शनिबार आयोजित महोत्सवको सांगेतिक कार्यक्रममा सहभागि बन्न दर्शकहरुको भीड बढ्यो ।

महोत्सवको पाँचौं दिन चर्चित लोक दोहोरी गायिका टिका पुनले आफ्ना लोकप्रिय गित गाएर दर्शकलाई छमछमी नचाईन् । उनले आफ्नो सांगेतिक प्रस्तुती राख्दै गर्दा दर्शकदीर्घामा रहेका दर्शकहरुले हुटिङ्ग गर्दै गितसंगै ताल मिलाएर छमछमि नाचे । नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवंम पर्यटन महोत्सवमा चर्चित  रयापर डोङ्गको उपस्थिति हुने भनिएपनि डोङ्गको स्वास्थ्यमा समस्या हुँदा उपस्थित हुन सकेनन ।

डोङ्गको उपस्थिती हुन नसकेपनि चर्चित लोक दोहारी गायिका टिका पुन, नृत्यङ्गना आरुसी मगर तथा गायिका रुपा घर्तीमगरको दमदार प्रस्तुतीले दर्शक मन्त्रमुग्ध बनेको झाँकी तथा कला संस्कृति व्यवस्थापन उपसमितिका संयोजक अमृत सिग्देलले जानकारी दिए ।

चैत्र ६ गतेदेखि सञ्चालन भएको महोत्सवको चौथो दिन शुक्रबार दर्शकको उत्साहपूर्ण सहभागिता देखिएको थियो । यसअघि बिहीबार ज्योती मगरको बेजेड प्रस्तुतीले महोत्सव स्थल तातिएको थियो । आगामी चैत्र १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा आज आईतबार चर्चित गायक प्रमोद खरेल, गायिका पूर्णकला विसी, मोडल निशु श्रीपाली, चर्चित गायिका एवम उद्घोषिका शोभा त्रिपाठीको बेजोड प्रस्तुती रहनेछ ।

  • ११ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech