२० मंसिर २०८१, बिहीबार

नेपालगञ्ज महोत्सव आजलाई स्थगित भोलि मंगलवार देखि निरन्तर

महोत्सवमा दिनहुँ आयोजना हुने सांगेतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: तराई होलीको अवसरमा शान्ति सुरक्षाको कारण देखाउदै नेपालगञ्जमा जारी महोत्सव एक दिनलाई स्थगित गर्न बाँके प्रशासनले पत्राचार गरेपछि आज सोमवारलाई चालु महोत्सव स्थगित गरिएको महोत्सव आयोजकले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दै होलीको दिन चैत १२ गते महोत्सव सञ्चालन नगर्न आदेश दिएका कारण एकदिन महोत्सव स्थगित गर्नुपरेको आयोजक महासंघकी अध्यक्ष मधुकुमार खड्काले दिएकी छिन ।

आयोजकले उक्त दिन चर्चित नायक पल शाहलाई ल्याएर होली खेल्ने योजना बनाएपछि शान्ति सुरक्षाको चुनौतीलाई मध्यनजर गर्दै प्रशासनले एकदिनका लागि महोत्सव सञ्चालनमा रोक लगाएपछि पल शाहसँग होली खेल्ने अपेक्षा पुरा हुन नसकेको र आयोजकलाई ठूलो आर्थिक क्षति पुग्न गएको आयोजकले प्रेस विज्ञप्ती मार्फत जनाएकोछ ।

आयोजकले चैत्र १३ गतेदेखि पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम नियमित हुने जनाउँदै महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउन उद्योगी, व्यवसायी, राजनीतिक दल, संघसस्था, सञ्चारकर्मी, समर्थक, शुभेच्छुक, सुरक्षाकर्मी र जिल्लाबासी समेतलाई आग्रह गरेकोछ ।

यसैविच नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक महोत्सवको छैठौं दिन आईतबार गायिका पूर्णकला विसीले दर्शकहरुलाई आफनो प्रस्तुति पस्किदै मन्त्रमुग्ध पारेकी छिन ।

गायिका पूर्णकलाले ‘दिल मेरो चोरी लग्यो पुलिस वालाले, बुटवल बजार तुल्सीपुर हुँदै जाउँला सल्यान’ लगायतका चर्चित गितहरु गाएर दर्शकलाई छमछमी नचाउन समेत सफल भईन ।उनले आफ्नो सांगेतिक प्रस्तुती राख्दै गर्दा दर्शकदीर्घामा रहेका दर्शकहरुले हुटिङ्ग गर्दै गितसंगै ताल मिलाएर छमछमि नाचे ।

यस्तै मोडल निशु श्रीपालीले विभिन्न गितमा आफ्नो दमदार प्रस्तुती राख्दा दर्शकहरु प्रफुल्ल बने । महोत्सवमा दिनहुँ आयोजना हुने सांगेतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुने गरेकोछ । सांगितिक कार्यक्रमले दर्शकको सहभागिता समेत बढाउँदै लगेको छ । अन्य दिन भन्दा आईतबार पनि दर्शहरुको उल्लेख्य सहभागिता रहेको आयोजकले बताएको छ ।

दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुती हेर्न आउने दर्शकको संख्या बढ्दै गएपछि दर्शकलाई थप रोमाञ्चित र व्यस्त बनाउन आयोजक लागि परेकोछ ।

आगामी चैत्र १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा आईतवार चर्चित गायक प्रमोद खरेल तथा चर्चित गायिका एवम उद्घोषिका शोभा त्रिपाठीको भने उपस्थिती हुन सकेन । काठमाण्डौंबाट आउने जहाज मौसमका कारण डिले भएपछि कार्यक्रम उपस्थित हुन नसकेको आयोजकले जनाएकोछ ।

महासंघ बाँकेका खड्काका अनुसार महोत्सवमा १७५ स्टल प्रर्दशनीमा राखिएको छ । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएकोछ । साथै महोत्सवमा विहान १० बजेदेखि नै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने गरेको छ ।


नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति महिला उद्यमी समिति बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सह–आयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ ।

  • १२ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech