काठमाडौँ: उपनिर्वाचन भएका दुवै क्षेत्रमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि इलाम २ र बझाङ प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवारको जमानत जफत भएको हो ।
गएको २०७९ को निर्वाचनमा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन सकेको थिएन। प्रत्यक्षतर्फ भने दलीय तालमेलका आधारमा संघमा १० सिट जितेको थियो ।