१० मंसिर २०८१, सोमबार

एमाले नवौं बाँके जिल्ला अधिबेशन : यी उम्मेदवार सचिव र अध्यक्षका दावेदार

संगठन निर्माण र ग्रामिण स्तर सम्म सांगठनिक रुपले बलियो देखिएका भट्टराईले चुनावी प्रक्रियामा गएपनि आफनो जित सुनिश्चित भएको दावि गर्छन

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: नेकपा एमाले बाँकेले यहि जेष्ठ ४ र ५ गते नवौं जिल्ला अधिबेशनको मिति तय गरेपछि यतिबेला एमाले जनहरुमा आफनो उम्मेदवारी रहने भन्दै आफनो विजय सुनिश्चितताका लागि कार्यकर्ताहरुमाझ जान थालेका छन ।

उनीहरु वडा कमिटी, गाउ कमिट देखि क्षेत्रिय कमिटी तथा जन बर्गिय संगठनबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिमाझ जानेक्रम बाक्लिएको एमाले जनहरु नै स्विकार्छन ।
आसन्न नवौं अधिबेशनमा अध्यक्षकालागि निरक गरुङ, किस्मत कक्षपति र डिल्लि विसिले आफनो उम्मेदवारी रहने भन्दै लविङ गर्न शुरु गरेका छन भने सचिवका लागि बलराम भट्टराई, दत्त प्रसाद आचार्य, खिल प्रसाद भुषाल र भिम बहादुर वलिले आफनो उम्मेदवारी रहने भन्दै आ आफनो प्रचार प्रसारलाई तिब्र पारेका छन ।

अध्यक्षका लागि उम्मेदवार वनेका किस्मत कुमार कक्षपति यस अघि अध्यक्ष भई सकेका ब्यक्ति हुन भने डिल्लि विसि नेतृत्वले रुचाएका ब्यक्ति हुन । उपाध्यक्ष समेत रहेका विसि सहमतीमा हुने प्रक्रिया भए अध्यक्ष हुन सक्ने प्रवल संभावना रहेको जानकारहरु वताउछन । तर निरक गुरुङ पनि कम कद भएका उम्मेदवार भने होईनन । संगठनमाझ भिजेका र शहर देखि ग्रास रुटसम्म संगठनमा बलिया उम्मेदवार गुरुङ निर्वाचन प्रक्रिया भएमा पल्लाभारी पार्न सक्ने ल्याकत राख्दछन । एक कार्यकाल अध्यक्ष भईसकेका किस्मत कुमार कक्षपतिसंग अधिकांश कार्यकर्ता रुष्ट भएकाले पनि उनको किस्मत चम्किहाल्ने वातावरण नभएपनि अन्य दुई जनाको लडाईको फाईदा उठाउदै उनी पनि अध्यक्ष नहोलान भन्न सकिने स्थिती छैन एमालेका एक संगठित सदस्यले न्यज मानसरोवरसंगको कुराकानिका क्रममा भने ।

यसैगरि सचिवका उम्मेदवार मध्य अव्वल उम्मेदवार भने वलराम भट्टराई देखिएका छन । नेपालगञ्जले अध्यक्ष पाउने भएपछि कोहलपुरले स्वत सचिव पाउनेमा उनी ढुक्क छन । तर संगठन निर्माण र ग्रामिण स्तर सम्म सांगठनिक रुपले बलियो देखिएका भट्टराईले चुनावी प्रक्रियामा गएपनि आफनो जित सुनिश्चित भएको दावि गर्छन ।
सहमती भए कोहलपुरले सचिव पाउछ, निर्वाचन भएपनि म जित्नेमा ढुक्क छु भट्टराईले न्युज मानसरोवरसंग कुराकानिका क्रममा भने । त्यसो त खिल प्रसाद भुषाल पनि कोहलपुरकै भएकाले प्रतिस्पर्धा नहोला भन्न सकिन्न । प्रतिस्पर्धा भएको खण्डमा सचिव पद पनि नेपालगञ्ज क्षेत्रतिर जाने आशंका एमाले कार्यकर्ताहरुको रहेको छ । दत्त प्रसाद आचार्य र भिम बहादुर वलि पनि सचिवका वलिया उम्मेदवार भएकाले निर्वाचन नै भएपछि निकै कडा प्रर्तिस्पर्धा हुने प्राय निश्चित छ ।

खिल प्रसाद भुषाल लुम्विनी प्रदेश सदस्य भईसकेका नेता भएका कारण पनि जिल्ला सचिव पदवाट ब्याक हुन सक्ने एक थरिको आकलन भएपनि हक्कि, निडर र सिद्धान्तबद्ध रुपले अगाडि बढन रुचाउने भुषालको उम्मेदवारी फिर्ता गराउन भने ठुलै पापड पेल्नुपर्ने एमाले नेताहरुको बुझाई छ । समाबेशि, महिला, दलित र बिभिन्न कलष्टरबाट नेतृत्व चयन गर्नुपर्ने एमालेको प्राबधान रहेकाले उप सचिवमा मधेसि समेत रहेका सोहनलाल यादवको पोल्टामा पर्न सक्ने नरैनापुर गाउ कमिटीका सचिव विनय दिक्षितको विश्वास छ । अन्य पदहरुका आकांक्षिहरुले भने खुलेरै आफनो उम्मेदवारी रहेको बारे कुनै जानकारी नगराएकाले पनि यति बेला बाँके एमालेको नेतृत्व तहमा अध्यक्ष र सचिव एबं उप सचिवको चर्चा परिचर्चा वजारमा छरपष्ट भएको छ ।

कोहलपुरबाट सचिवका दावेदार बलराम भट्टराई को हुन त ?
२०४५ सालमा सरस्वती संस्कृत माध्यामिक बिद्यालय बर्दियाबाट अनेरास्ववियु झण्डामुनि गोलबद्ध हुदै आफनो राजनैतिक क्यारीयरको शुरुवात गरेका भट्टराई बर्दियामा रहेर विद्यार्थीका बिभिन्न फाँटमा काम गर्दै २०५६ सालमा अनेरास्ववियु बर्दिया जिल्ला कमिटीका अध्यक्ष भएका थिए ।

२०५४ सालमा पार्टि संगठित सदस्य लिएका भट्टराई २०६५ देखि कोहलपुर बसाई सर्दै पार्टिको रक्त रंजित झण्डामुनि रहेर २०६६ मा कोहलपुर गाउ कमिटी सचिव, २०६८ मा बाँके क्षेत्र नं. १ सचिव, २०६९ मा बाँके क्षेत्र नं. १ अध्यक्ष तथा २०७९ सालमा बाँके क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटी संयोजक रहदै उक्त निर्वाचन क्षेत्रबाट आफना उम्मेदवार सुर्य प्रसाद ढकाललाई संघिय सांसद बनाउन समेत सफल भएका थिए ।

यस अघि उक्त निर्वाचन क्षेत्रमा बिभिन्न संगठन निर्माण तथा पार्टि प्रबेश गराउदै कुशल संगठन निर्माणमा माहिर बलराम भट्टराईले २०७० सालको संविधान सभाको चुनावमा उनीद्धारा गठित कमिटीको बलमा देवराज भारले समेत चुनाव जितेका थिए । हाल जिल्ला कमिटी सचिवालय सदस्य, क्षेत्र नं. १ संयोजक एबं संगठन विभाग उप प्रमुखको जिम्मेवारीमा रहेका भट्टराई जिल्लाको आसन्न अधिबेशनमा आफुलाई सचिव पदमा उभ्याएका हुन । संगठन निर्माण र राम्रो मोटिभेसन पावर भएका भट्टराईलाई यस पटकको जिल्ला अधिबेशनले के मुल्यांकन गर्ला त्यो भने हेर्न बाँकी नै छ ।

  • १ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech