कोहलपुर,बाँके:नेकपा एमाले बाँकेको नवौं अधिवेशन अन्तर्गत आगामी कार्यकालका लागि कार्यसमितिको निर्वाचन आज आइतबार साँझ करीव ७ बजेदेखि मतदान शुरु भएको छ । उम्मेदवारी फिर्ता लिने समय सिमा सकिएसंगै मतदान शुरु गरिएको निर्वाचन मण्डलका सदस्य भेषराज वस्नेतले बताए ।
अध्यक्षमा निरक गुरुङ्ग र डिल्ली बिसी बीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि उम्मेदवारी दिएका कक्षपतिले उम्मेदवारी फिर्ता लिएका छन ।उपाध्यक्ष पदका लागि हालका सचिव रत्न खत्री र रविन्द्र लम्साल बीच प्रतिस्पर्धा हुँदैछ । सचिवमा चार जनाले प्रतिस्पर्धा गर्दैछन् । बलराम भटराई, दत्तप्रसाद आचार्य, खिल प्रसाद भुसाल र भीम ओली सचिवका उम्मेदवार हुन् ।
उपसचिवमा किशोर थापा, दिपक कुमार बर्मा र सोहन लाल यादव प्रतिस्पर्धा गर्दैछन् । उप सचिव महिलामा तर्फ रचना श्रेष्ठ, शारदा विश्वकर्मा र निर्मला सुनार प्रतिस्पर्धा गर्दैछन् ।
सहमतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो । शुक्रबार अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेल लगायतका केन्द्रीय नेताहरुले गरेका थिए । एमाले बाँकेमा ४ सय ६८ जना प्रतिनिधि रहेका छन् ।
यी उम्मेदवार भए निर्बिरोध निर्वाचित
नेकपा (एमाले) बाँकेको जारी नवौं जिल्ला अधिवेशनमा विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको बन्द शत्रमा उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । एमाले बाँकेको जिल्ला सदस्यमा राप्ती सोनारी गाउँपालिकाबाट खुल्ला(महिला)मा यमकुमारी ओली, सदस्य खुल्ला (पुरुष) मा नरेन्द्रप्रसाद लामिछाने, मनोज केसी र विश्वराज खनाल तथा सदस्य (आदिवासी जनजाती)मा अंकित श्रेष्ठ, सदस्य(दलित)मा लिलमान दमाई, सदस्य (मधेसी)मा लालतारा (अजय गद्दी), सदस्य (युवा पुरुष)मा ज्ञानेन्द्रराज वली र सदस्य (युवा महिला)मा रिताकुमारी खत्री बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
नरैनापुर गाउँपालिकाबाट सदस्य (खुला महिला)मा सुनेना मिश्र, सदस्य खुला (पुरुष)मा पारशनाथ पाण्डे, सदस्य (मधेसी)मा राजकुमार तिवारी, सदस्य (युवा)मा विक्रम यादव निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । त्यस्तै कोहलपुर नगरपालिकाबाट सदस्य (आदिवासी जनजाती महिला) मा मनिसरा श्रेष्ठ, सदस्य (मुस्लिम)मा सफी मोहम्मद गुजर निर्विरोध निर्वाचित भएका छन् । डुडुवा गाउँपालिकाबाट सदस्य खुला(पुरुष)मा झंकबहादुर थापा र महेन्द्रबहादुर शाही, सदस्य खुला(महिला)मा सरोजकुमारी यादव, सदस्य मधेसीमा मोहनराम मिश्र निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिकाबाट सदस्य दलित(महिला)मा रमा गहतराज विश्वकर्मा, सदस्य दलित(पुरुष)मा बुद्धिबहादुर बि.क., सदस्य युवा (पुरुष)मा मनोज विश्वकर्मा र हंसराज खनाल, सदस्य मुस्लिम (महिला)मा तलतप्रविण खान, सदस्य युवा(महिला)मा सुमन गिरी श्रेष्ठ, सदस्य (आदिवासी जनजाती जनजाती महिला)मा गंगा श्रेष्ठ निर्वाचित भएका छन् ।
जानकी गाउँपालिकाबाट सदस्य खुला (महिला)मा प्रेमलक्ष्मी हमाल, सदस्य खुला(पुरुष)मा खिमप्रकाश विष्ट, विश्राम बर्मा र रमेशकुमार बर्मा, सदस्य मधेसीमा राजकुमार धोवी, सदस्य (युवा)मा हिमान्सु यादव र सदस्य आदिवासी जनजाती)मा सुरेश यादव निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै खजुरा गाउँपालिकाबाट सदस्य (मधेसी)मा साविर जोलाह, सदस्य (मुस्लिम)मा जैनुल आवद्धिन खाँ, सदस्य (महिला)मा भिमसरा भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । बैजनाथ गाउँपालिकाबाट सदस्य खुला(महिला)मा कल्पना थापा, कौशिला कठायत, निर्मला मल्ल र प्रेम पुर्ण योगी, सदस्य दलित (महिला)मा मनमाया चुनारा र सदस्य युवा (महिला)मा भुमिसरा मगर निर्विरोध निर्वाचित भएका छन् ।
सदस्य जिल्ला खुला (महिला)मा उषाकुमारी भण्डारी, नन्दकुमारी बिष्ट, ममता जैसी, विजुला अधिकारी, सारा परियार र शोभा बिसी, सदस्य जिल्ला युवा (खुला)मा सुमन घिमिरे, सदस्य जिल्ला युवा (मुस्लिम)मा निसार अहमद दर्जी, सदस्य जिल्ला थारु (पुरुष)मा अर्जुन चौधरी र सदस्य जिल्ला थारु(महिला)मा कृष्णकुमारी थारु निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी लेखा समितिको उपाध्यक्षमा डिल्लीराम शर्मा, लेखा सचिवमा विश्वसेन गौतम, लेखा सदस्य (महिला)मा चन्द्रकला लामिछाने, जमुना केसी र नन्दा घिमिरे तथा लेखा सदस्य (खुल्ला) मा मोतीप्रसाद भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् ।