१० मंसिर २०८१, सोमबार

नेकपा एमाले बाँकेको अध्यक्षमा गुरुङ र सचिवमा भट्टराई निर्वाचित

जम्मा खसेको ४५८ मत मध्य अध्यक्षका उम्मेदवार गुरुङलाई २९१ र सचिवका उम्मेदवार भट्टराईलाई १४० मत प्राप्त

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:नेकपा एमालेबाँकेको नवौं जिल्ला अधिबेशनमा भएको निर्वाचनको पदाधिकारहिरुको अन्तिम मत परिणाम अनुसार अध्यक्ष पदमा निरक गुरुङ २९१ मत ल्याउदै विजय भएका छन उनका प्रतिस्पर्धि डिल्लि विसि १५४ मतमा सिमित भएपछि बाँके एमालेको नेत्ृवमा गुरुङ निर्वाचत भएका हुन । उद्यपि विभिन्न कलस्टरका सदस्यहरुको मत परिणाम गनणा भईरहेकाले निर्वाचन मण्डलले आधिकारीक रुपमा घोषणा भने गरि सकेको छैन ।

यसैगरि उपाध्यक्षमा भारी मतका साथ रत्न खत्रि विजयी भएका छन । उनले ३ सय १३ मत ल्याउदा उनका सहकर्मि योद्धा रविन्द्र लम्सालले १३२ मत प्राप्त गरेका छन । सचिवमा कोहलपुरका वलराम भट्टराई निर्वाचित भएका छन । कोहलपुरवाटै २ जना उम्मेदवार रहेकोमा भट्टराईले १४० मत ल्याउदा उनको नजिक पुग्न खोजेका खिल प्रसाद भुषालले ११७ मत प्राप्त गरे भने अन्य दुई सचिवका उम्मेदवारहरु क्रमश भिम वलि ९५ र दत्त प्रसाद आचार्य ८८ मतमा सिमित हुन पुगेका छन ।

उप -सचिव पदमा किशोर थापा भारी मतका साथ विजय भएका छन । उनले २६२ मत ल्याउदा उनका प्रतिस्पर्धि ११९ मत ल्याएका थिए । ४६८ जना प्रतिनिधि रहेको नेकपा एमालेको नवौं जिल्ला अधिबेशनमा भएको निर्वाचनमा जम्मा ४५८ मत खसेको थियो । मनोनयन दर्ता गरेकाहरु मध्य विभिन्न पदहरुमा निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलले हिजै घोषणा गरि सकेको छ । सवै भन्दा कान्छा उम्मेदवार सुमन घिमिरे (२७ बर्ष )देखि पाका उम्मेदवारहरु रहेका छन ।

यसरी निर्विरोध निर्वाचित हुनेहरु

नेकपा (एमाले) बाँकेको जारी नवौं जिल्ला अधिवेशनमा विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको बन्द शत्रमा उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । एमाले बाँकेको जिल्ला सदस्यमा राप्ती सोनारी गाउँपालिकाबाट खुल्ला(महिला)मा यमकुमारी ओली, सदस्य खुल्ला (पुरुष) मा नरेन्द्रप्रसाद लामिछाने, मनोज केसी र विश्वराज खनाल तथा सदस्य (आदिवासी जनजाती)मा अंकित श्रेष्ठ, सदस्य(दलित)मा लिलमान दमाई, सदस्य (मधेसी)मा लालतारा (अजय गद्दी), सदस्य (युवा पुरुष)मा ज्ञानेन्द्रराज वली र सदस्य (युवा महिला)मा रिताकुमारी खत्री बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

नरैनापुर गाउँपालिकाबाट सदस्य (खुला महिला)मा सुनेना मिश्र, सदस्य खुला (पुरुष)मा पारशनाथ पाण्डे, सदस्य (मधेसी)मा राजकुमार तिवारी, सदस्य (युवा)मा विक्रम यादव निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । त्यस्तै कोहलपुर नगरपालिकाबाट सदस्य (आदिवासी जनजाती महिला) मा मनिसरा श्रेष्ठ, सदस्य (मुस्लिम)मा सफी मोहम्मद गुजर निर्विरोध निर्वाचित भएका छन् । डुडुवा गाउँपालिकाबाट सदस्य खुला(पुरुष)मा झंकबहादुर थापा र महेन्द्रबहादुर शाही, सदस्य खुला(महिला)मा सरोजकुमारी यादव, सदस्य मधेसीमा मोहनराम मिश्र निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाबाट सदस्य दलित(महिला)मा रमा गहतराज विश्वकर्मा, सदस्य दलित(पुरुष)मा बुद्धिबहादुर बि.क., सदस्य युवा (पुरुष)मा मनोज विश्वकर्मा र हंसराज खनाल, सदस्य मुस्लिम (महिला)मा तलतप्रविण खान, सदस्य युवा(महिला)मा सुमन गिरी श्रेष्ठ, सदस्य (आदिवासी जनजाती जनजाती महिला)मा गंगा श्रेष्ठ निर्वाचित भएका छन् ।

जानकी गाउँपालिकाबाट सदस्य खुला (महिला)मा प्रेमलक्ष्मी हमाल, सदस्य खुला(पुरुष)मा खिमप्रकाश विष्ट, विश्राम बर्मा र रमेशकुमार बर्मा, सदस्य मधेसीमा राजकुमार धोवी, सदस्य (युवा)मा हिमान्सु यादव र सदस्य आदिवासी जनजाती)मा सुरेश यादव निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै खजुरा गाउँपालिकाबाट सदस्य (मधेसी)मा साविर जोलाह, सदस्य (मुस्लिम)मा जैनुल आवद्धिन खाँ, सदस्य (महिला)मा भिमसरा भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । बैजनाथ गाउँपालिकाबाट सदस्य खुला(महिला)मा कल्पना थापा, कौशिला कठायत, निर्मला मल्ल र प्रेम पुर्ण योगी, सदस्य दलित (महिला)मा मनमाया चुनारा र सदस्य युवा (महिला)मा भुमिसरा मगर निर्विरोध निर्वाचित भएका छन् ।

सदस्य जिल्ला खुला (महिला)मा उषाकुमारी भण्डारी, नन्दकुमारी बिष्ट, ममता जैसी, विजुला अधिकारी, सारा परियार र शोभा बिसी, सदस्य जिल्ला युवा (खुला)मा सुमन घिमिरे, सदस्य जिल्ला युवा (मुस्लिम)मा निसार अहमद दर्जी, सदस्य जिल्ला थारु (पुरुष)मा अर्जुन चौधरी र सदस्य जिल्ला थारु(महिला)मा कृष्णकुमारी थारु निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा समितिको उपाध्यक्षमा डिल्लीराम शर्मा, लेखा सचिवमा विश्वसेन गौतम, लेखा सदस्य (महिला)मा चन्द्रकला लामिछाने, जमुना केसी र नन्दा घिमिरे तथा लेखा सदस्य (खुल्ला) मा मोतीप्रसाद भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

जेठ ४ गतेदेखि सुरु भएको एमाले बाँकेको जिल्ला अधिवेशनको उदघाटन एमालेका महासचिव शङ्कर पोखरेलले गरेका थिए । सर्वसम्मतको प्रयास भए पनि सहमति हुन नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरीएकाे निर्वाचन मण्डलका सदस्य एमाले केन्द्रीय सदस्य मो. हारुनले बताए ।

 

 

 

  • ७ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech