१० मंसिर २०८१, सोमबार

सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

घटनास्थलमा सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन

  • न्युज मानसराेवर

सुर्खेत: सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।  सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप आज (बिहीबार) बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्गला नजिक दुर्घटना भएको हो  ।

बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।  दुई जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ भने दुई जनाको उपचार भईरहेको छ । जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले अहिलेसम्म दुई जनाको शव उद्धार गरेर सडकमा ल्याइएको र बाँकी दुई जनाको शव ल्याउने तयारी भइरहेको छ ।  दुर्घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ। अहिले घटनास्थलमा सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको छ।

  • १७ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech