जानकी,बाँके:गत बैशाख २७ गते बाँकेको जानकीगाउँपालिका २ फुलपुरवामा भएको हत्या घटनामा संलग्नताको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जानकीमा ५५ बर्षीय प्रेमलाल कुर्मीको घाँटीमा सर्टले बेरिएको अवस्थामा मृत फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट जारी सुक्ष्म अनुसन्धानको क्रममा मिति २०८१ जेठ १४ गते मृतकको छोरा रामकुमार बर्माले सोही ठाउँका महिलका तेली, नन्कु लोनिया र रतिराम कोरी बिरुद्ध कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले बाँके जिल्ला अदालतबाट पक्राउ अनुमति लिई आशंकित तीन जनालाई नियन्त्रणमा लिएको छ ।