कोहलपुर,बाँके: नेपालगञ्जमा आज ४३ डिग्री सेल्सियस तापक्रम नाघेको छ । जल तथा मौसम विभाग कार्यालय कोहलपुरका प्रमुख रामविकेश रायका अनुसार बुधवार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४३.४ डिग्री सेल्सियस मापन गरिएको छ ।
जल तथा मौसम विभाग कार्यालय कोहलपुरका प्रमुख रामविकेशले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधवार ४२.८ डिग्री सेल्सियसको रेकर्ड बिहीबार नै तोडिएको बताउनु भयो । बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ ।