१० मंसिर २०८१, सोमबार

नेपालगन्जको वाटर पार्कमा कृत्रिम घटना अभ्यास
  • न्युज मानसराेवर

नेपालगन्ज:जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजना तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, र अन्य सरोकारवालाहरूको सहकार्य र सहभागितामा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास बुधबार सम्पन्न गरिएको छ ।

नेपालगन्जको वाटर पार्कमा गरिएको कृत्रिम घटना अभ्यासमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस तथा समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो ।वर्षेनी हुने बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न, सबै सरोकावालाविचको समन्वय प्रभावकारी बनाउने उद्देश्यले कृत्रिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनु भयो । उहाँले कृत्रिम घटनाले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने जिकिर गर्नु भएको थियो ।

बाँकेका अधिकांश क्षेत्र उच्च जोखिममा रहेकाले सावधानी अपनाउनुपर्ने बाँकेका प्रहरी प्रमुख तुल बहादुर कार्कीले बताउनु भयो । नेपालगन्जका मेयर प्रशान्त विष्टले कृत्रिम घटना अभ्यासले उद्धार तथा व्यवस्थापनमा राम्रो सिकाई हुने भनाई राख्नु भएको थियो । कृत्रिम घटना अभ्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।

  • २३ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • Nabintech