कोहलपुर,बाँके: बाँकेमै पहिलो शैक्षिक गन्तब्यको रुपमा चिनिएको गोरखा युनाईटेड पलिक स्कुल कोहलपुरले आज शनिवार विद्यालय प्रांगणमा एक भब्य समारोहको आयोजना गर्दै आफनो २३ र्औ बार्षिक उत्सव तथा पुरस्कार वितरण एबं चालु शैक्षिक सत्रमा प्रदान गरिने छात्रबृत्तीको विवरण समेत सार्वजनिक गरेको छ ।
२३ औं बार्षिक उत्सवका अवसरमा बोल्ने अधिकाशं अभिभावकहरुले निजि स्कलहरुले वाल वालिकाहरुलाई निपुन वनाएपनि मातृभाषामा निपुन वनाउन नसकेको भन्दै हरेक विद्यार्थीहरुलाई बिषयगत दक्षतामा जोड दिन विद्यालयलाई आग्रह गरेका छन ।
अभिभावक विनोद मैनालीले आफना कलिला मुटुका टुक्राहरुलाई शिक्षाका निम्ति गोरखा स्कुलमा भर्ना गरेर गिलो माटो स्कुललाई हस्तान्तरण गरेको जिकिर गर्दै उक्त माटोवाट उपयुक्त युग सुहाउदो आकार दिनेमा आफु विश्वस्त रहेको वताए ।
वालवालिकाहरु आफना अभिभावकहरुका मोवाईल नम्वरहरु समेत अंग्रेजीमा फरर भन्न सक्ने तर नेपालीमा भन्न नसक्ने र नेपाली बिषयमा नै कमजोर छु भन्ने भावका साथ अध्यन गर्ने गरेको औंल्याउदै हरेक विषयको उत्तिकै दक्षता आवश्यकता भएको औंल्याए ।
विद्यालयकी प्रधानाध्यापक साधना थापाले उपस्थित जनमासलाई स्वागत गर्दै चालु शैक्षिक सत्रमा गोरखा स्कुलले गर्ने १२ बुदाहरु प्रस्तुत गरेकी थिईन । सहायक प्रिन्सिपल बद्रि प्रसाद शर्माले यस बर्ष बिभिन्न कलस्टरवाट विद्यालयले २ सय चौविस जना विद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गरिने उदघोष गरेका छन । कक्षा १० सम्मका १ सय ७६ जना र कक्षा ११, १२ का ४८ जनालाई प्रदान गरिने यस बर्षको छात्रबृत्तीले मासिक ५ लाख चौउन्न हजार बराबरको योगदान दिने वताए ।
गोरखा युनाईटेड पब्लिक स्कुल तथा गोरखा पोलिटेक्निकल कलेज एण्ड रिसर्च सेन्टरका सञ्चालक संस्थापक केशर बहादुर आलेको अध्यक्षतामा सम्पन्न २३ औं बार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहमा कक्षा १ देखि कक्षा १० सम्म अध्यनरत गत शैक्षिक सत्रमा बिबिध बिधामा सर्वोत्कृष्ट हुने वालवालिकाहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्दै सम्मान समेत गरिएको थियो ।
कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बाँके प्रहरी प्रमुख तुल वहादुर कार्कि, जिल्ला शिक्षा समन्वय समितीका प्रमुख राम सुरेश यादव, जिल्ला समन्वय समितीका उपाध्यक्ष सिता कार्कि, नगर उप प्रमुख संगिता सुवेदी, जिल्ला ट्राफिक प्रहरी प्रमुख गोपिकृष्ण सुबेदी, कोहलपुर सामाजिक विकास समितीका संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, कोहलपुर नगर प्याब्सनका अध्यक्ष गोविन्द सुबेद, बज्रदल गण इमामनगर ब्यारेकका सेनानी दिपेन्द्र बहादुर बुढा, बिद्यालय अभिभावक संघका सदस्य दिपक खडका, उच्च अदालत नेपालगञ्जका अधिकृत गणेश रिजाल, विद्यालयका संस्थापक सदस्यहरु थान बहादुर थापा, कर्ण बहादुर राना, चन्द्र बहादुर आले, तुलिसरा राना, खगिसरा थापा र जसुधा वस्नेतका साथै विद्यालयका अभिभावक, बिद्यार्थी, बिभिन्न् संघ संस्थाका प्रतिनिधि शैक्षिक अभियान्ता तथा पत्रकारहरुको वाक्लो उपस्थिती रहेको थियो ।