कोहलपुर,बांके:बिरगंज स्थाई घर भइ कोहलपुर १४ गितापुर बस्ने बर्ष ४५ कि मजदुर महिला मुना खातुनको गत राती आएको हावाहुरिले पर्खाल भत्किदा पर्खालले लागि मृत्यु भएको छ ।
कोहलपुर नेपालगन्ज क्षेत्रको एक कागज फ्याक्टृमा ज्याला मजदुरी गर्दै आएकी खातुनलाई उनको बासस्थान नजिकैको पर्खाल भत्किदा पर्खालले किचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
उत्त कागज कारखानाका मजदुरहरु आफुले काम गर्ने स्थानमै टहरो बनाई बस्ने गरेका थिय । पर्खाल भत्किन लागेपछी अन्य मजदुरले आफ्नो ज्यान जोगाउन सफल भएपनि उनी भाग्न नसक्दा ज्यान गएको बताईएको छ ।