काठमाडौँ: संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएको जानकारी गराएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्को पत्र शीतल निवास पुगिसकेकाले अब राष्ट्रपतिको आह्वानको पर्खाइमा रहेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेससहितका दलहरूको समर्थन रहेको पत्र तयारी अवस्थामा रहेकाले राष्ट्रपतिले बोलाउनासाथ शीतल निवास जाने तयारी छ ।
राष्ट्रपतिले शुक्रबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्ने विश्वास रहेको एमाले कांग्रेसका नेताहरूले बताएका छन् ।