९ बैशाख २०८२, मंगलवार

बबई नदीको झोलुंगे पुलमा फसेको एउटा गोरूको १५ घण्टापछि बल्लतल्ल उद्धार

शुक्रबार साँझ ७ बजेदेखि पुलमा फसेको उक्त गोरूलाई शनिबार बिहान १० बजेमात्रै सकुशल उद्धार

  • न्युज मानसराेवर

दाङ:दाङको दंशीशरणा गाउँपालिका वडा नम्बर १ स्थित बबई नदीमाथि झोलुंगे पुलमा फसेको एउटा गोरूको १५ घण्टापछि बल्लतल्ल उद्धार भएको छ। शुक्रबार साँझ ७ बजेदेखि पुलमा फसेको उक्त गोरूलाई शनिबार बिहान १० बजेमात्रै तुल्सीपुरबाटबाट सशस्त्र प्रहरीको टोली पुगेर सकुशल उद्धार गरेको हो।

खेतमा दिनभर जोतेर घर फर्कने क्रममा गोरू पुलमा फसेपछि स्थानीय, वडा कार्यालय र प्रहरीसमेतको सहयोगमा शुक्रबार राति ९ बजेसम्म पुलबाट निकाल्न नसक्दा शनिबार सशस्त्र प्रहरी बलको टोली नै पुगेको थियो। बिहान ७ बजेमात्रै सुरु भएको उद्धार कार्यमा गोरूलाई मेसिनले पुलको थोरै भाग काटेर डोरी लगायतका सामग्री प्रयोग गरिएको थियो।

केहीदिन अघि आएको बाढीले पुलमा आंशिक क्षति पुर्‍याएपछि पुल सञ्चालनमा रोक लगाइएको थियो। तर, पुलको छेउमा लगाएको डोरी केही युवाहरूले काटिदिएपछि मान्छे हिँड्न थालेका थिए।

अघिल्लो महिना जेठ २७ गते कर्णाली पुलमाथि १३ वटा खच्चड पुलमा फसेका थिए। खच्चड खसेको केही घण्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर ११ वटाको सकुशल उद्धार गरेको थियो भने दुई वटाको मृत्यु भएको थियो।

  • ३० असार २०८१, आईतवार प्रकाशित

  • Nabintech