कोहलपुर: के तपाईले अच्चम मान्नु भयो ? हो सुन्दा कुनै चलचित्रको दृश्य जस्तो लाग्ने तर विगत ३ महिना देखि राष्ट्रिय अनुसन्धानको डि.एस.पी नविन शाही भन्दै बाँकेका विभिन्न सुरक्षा निकायका प्रमुख तथा जिल्ला प्रशासन जस्ता निकायलाई समेत झुक्याएर संवाद तथा अनुगमन गर्न आएको भन्दै हिड्ने नक्कली डि.एस.पी कोहलपुर प्रहरीले नियन्त्रणमा लिइएको हो ।
अच्चम त के छ भने तःत सुरक्षा निकायका प्रमुखहरुलाई समेत झुक्याउँन सफल ब्यक्ति डि.एस.पी नभई भगौडा प्रहरी जवान रहेको बुझिएको छ । दैलेख जिल्ला नारायण नगरपालिका वडा नं ५ का ३० बर्षे नैन सिंह विक अहिले भने ईलाका प्रहरी कार्यालय कोहलपुरको थुनुवा कक्षमा छन । उनी माथी अनुसन्धान जारी छ । श्रोतका अनुसार नियन्त्रणमा रहेका विक नौवस्ता इलाका प्रहरी कार्यालयमा एक छाक खाना खान समेत सफल रहे । उनले त्यहा कार्यालयमा आफु प्रहरी सई रहेको जानकारी गराएका थिए ।
त्यसै गरी नौवस्ता कारागारमा समेत अनुगमन गर्न सफल रहे त्यसै गरी कोहलपुर राजश्व कार्यालय जस्ता कार्यालयमा गएर आफु राष्ट्रिय अनुसन्धानको डि.एस.पी भन्दै कार्यालय प्रमुखहरुसँग नास्ता खाना समेत खाने गरेको बुझिएको छ ।त्यसै गरी कोहलपुर इलाका प्रशासन कार्यालयको गाडीमा समेत अनुगमन गर्न समेत भ्याएका उनै नक्कली डि.एस.पी प्रहरी नियन्त्रणमा रहेका छन भने इलाका प्रहरी कार्यालयले विगत ३ महिनाको सम्पूर्ण विवरण पत्ता लगाउन अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।