कोहलपुर,बाँके: पछिल्लो समय विभिन्न संघ, संस्था र समुहहरुले बर्षा लागेसंगै बृक्षारोपन कार्यक्रम भन्दै विरुवा रोपेको देख्न पाईन्छ तर यसरी रोपेका विरुवा संरक्षणमा उनीहरुको कुनै चासो नहुदा अर्को बर्ष सोहि ठाउमा पुन: विरुवा लगाउदै गरेको हामीले देख्न पाउँछौ तर कोहलपुर ११ मा रहेको बाल ज्योति स्कुलका विद्यार्थीहरुले गतबर्षदेखि कोहलपुर १२ मा रहेको सिर्जना सामुदायिक वनसंगको सहकार्यमा बाल ज्योति स्कुल फिल्ड जिन बैंकको अवधारणासंगै रोपेका रैथाने तथा लोपउन्मुख विरुवाहरुलाई भने विद्यार्थीहरुले नै वेला वेला हेरविचार मात्र हैन गोडमेल र मल पानीको ब्यबस्था गरिरहेका छन ।
उनीहरुले हुकिरहेका विरुवाको हुर्किने प्रक्रिया र फुल्दा -फल्दा सम्मको चक्र समेत अध्यन गर्ने गरि प्रयोगात्मक कक्षाका रुपमा सिर्जना सामुदायिक वनलाई नै रोजेर अर्को बर्षा लागेसंगै थप विरुवाहरु रोप्ने गरेका छन । गत बर्ष २ सय बढि रैथाने फलफुल तथा लोपोन्मुख वनस्पति रोपिएकोमा ९० प्रतिशत विरुवाहरु फष्टाएको वताउदै सिर्जना सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष सुमन पौडेलले फिल्ड जिन बैंक कार्यक्रमले विद्यार्थीहरुलाई ज्ञान आर्जन गर्ने थलो मात्र नभएर मानव र वन्यजन्तु विचको द्धन्द्ध न्युनिकरण गर्ने एक कोसेढुङ्गा भएको वताए ।
जंगलमा खानेकुरा नपाएपछि जनावरहरु गाउँ बस्ति पस्ने र वालिनालि नष्ट गर्ने तितो यर्थातका विच यस्ता सामुदायिक वनहरुमा फलफुल र वनस्पतिका विरुवाहरु प्रशस्त मात्रामा हुने हो भने वन्यजन्तु र चरा चराचुरुङ्गीहरुका निम्ति आहारा वनमै हुने भन्दै अध्यक्ष पौडेल वोट विरुवा लगाएर हुर्काउन सके निश्चित रुपमा मानव र वन्यजन्तु विचको द्धन्द्ध न्युनिकरण हुनेमा विश्वास ब्यक्त गर्छन ।
कक्षा ६ देखि १० सम्मका वालवालिकाहरुको प्रत्यक्ष संलग्नतामा बाल ज्योति स्कुलले गत बर्ष महुवा, कटहर, आँप, लिचि, अम्वा, कागति, हरलो, बरलो, रिठा अमला लगाएतका विरुवा रोप्दै संरक्षण गर्ने कार्य गरेकोमा यस बर्ष पनि सिर्जना सामुदायिक वन क्षेत्रको खालि क्षेत्रमा लोपउन्मुख र रैथाने वनस्पतिको संरक्षणमा अघि बढौं,स्वदेशी उत्पादन र मानव स्वास्थ्यको रक्षा गरौं भन्ने मुल नाराका साथ २ सय बढि विरुवा रोप्ने कार्य गरेको छ ।
सवै रैथाने र लोपउन्मुख विरुवा भएको जिकिर गर्दै विद्यालयका प्रिन्सिपल दामोदर पौडेलले विरुवा राप्ने मात्र नभई विरुवाको संरक्षण, प्रर्बदन र हुर्काउन बढाउने जिम्मा समेत विद्यालयले लिएको वताएका छन । उनले गत बर्ष रोपिएका विरुवाहरुको पहिचान सहितको जानकारी मुलक सुचना र ती विरुवालाई जिपिएस प्रबिधिवाट सुचना प्रवाह गर्ने विधिको तयारी गरिएको वताए । उनले विरुवामा अंकित कोडको माध्यमवाट उक्त विरुवाको सबै जानकारी प्राप्त हुने प्रविधिको विकास गर्दा विरुवा लगाउने ब्यक्ति देखि उक्त विरुवाको सवै ईतीहास समेत सहजै प्राप्त गर्न सकिने भन्दै यस कार्यकालागि सामुदायिक जीन बैंक सञ्जाल र नेपाल कृषि अनुसन्धान परिषद (नार्क)संग समन्वय भईरहेको वताए ।
प्रिन्सिपल पौडेलले विरुवाले वातावरणमा पार्ने प्रभावलाई मध्य नजर गर्दै १० बर्षभित्र बाल ज्योति फिल्ड जिन बैंक कार्यक्रम मार्फत ९ हजार बढि यस्ता विरुवाहरु लगाएर आफना वालवालिकाहरुलाई प्रयोगात्मक अभ्याससंग जोडने विद्यालयको दिर्घकालिन सोच रहेको वताए । विरुवाका साईन्टिफिक नाम , जाती ,प्रजाती, काण्ड, पातका साथै विरुवाले खाना वनाउने विधि विरुवाको काम र उपादेयताका वारेमा प्रत्यक्ष सिकाईने सिकाईले विद्यार्थीहरुमा थप निखारता आउने विश्वासकासाथ विद्यालयले सिर्जना वनसंगको सहकार्यमा लगानि गरिरहेको जिकिर गरे ।
ईलाका वन कार्यालय कोहलपुरको प्राविधिक सहयोगमा रोपिएका विरुवा संरक्षणका निम्ति ट्रीगार्ड विद्यालयले नै उपलब्ध गराउने गरि आज विहिवार कक्षा ९ का ९० जना विद्यार्थीहरुले आ-आफनो नाममा विरुवा रोपेका छन । अव यी विरुवाहरुको हेरचाह र उनीहरुको उत्सुकता मेटने अभिप्रायले फेरी हामी अर्को कक्षाका विद्यार्थीहरुलाई यसैगरि नै विद्यालयको फिल्ड जिन बैंक स्थलमा ल्याउने र उनीहरुलाई वनस्पति र रैथाने फलफुल र वालिका बिषयमा ज्ञान दिने प्रयोगात्मक अभ्यासलाई जोडने छौं प्रिन्सिपल दामोदर पौडेल भन्छन ।
आजको अनौपचारीक कार्यक्रममा सामुदायिक जिन बैंक सञ्जाल नेपालका अध्यक्ष प्रमुल वस्नेतले वोटविरुवा कसरी रोप्ने, संरक्षण र संर्बदन कसरी गर्ने यी विरुवाबाट मानवले के के फाईदा लिन सक्छ भन्ने जस्ता बिषयबस्तुमा विद्यार्थीहरुले सुक्ष्म अध्यन गर्ने अवसर पाएको उल्लेख गर्दै ”संधैकालागि सवैकालागि” भन्ने नाराका साथ वन वातावरणमा संरक्षणमा सबैको महत्वपुर्ण भुमिका रहेको औंल्याए ।
उनले विद्यार्थीहरुले देखाएको उत्सुकता र उत्साहले आफनो जिन बैंक संरक्षण अभियानलाई टेवा पुग्ने विश्वास ब्यक्त गर्दै ठाउँ नहुनेहरुले समेत गमलामा भएपनि रैथाने एकाध विरुवा लगाएर रैथाने विरुवालाई लोप हुनवाट वचाउनुपर्नेमा जोड दिए । स्कुल फिल्ड जिन बैंकको कार्यक्रममा विद्यालयका विद्यार्थीहरु,शिक्षक, नगर प्रहरी, बिभिन्न मिडिया संबद्ध मिडियाकर्मिहरुको समेत सहभागिता रहेको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस