काठमाडौं – प्रतिनिधिसभाको सातौं अधिवेशनको चौथो बैठक आज बस्दै छ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यक्रम छ।
संसद सचिवालयका अनुसार ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।
यस्तै आज पूर्व राष्ट्रिय सभा सदस्य तथा संविधान सभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने पनि कार्यक्रम छ।