१३ मंसिर २०८१, बिहीबार

ठूलो साइकल पम्प ट्रयाक राजधानी बाहिर नेपालगन्जमा, सकियो कोरा–२०२४

१ सय ५० बढी साइकल यात्रीले सहभागिता जनाएको कोरामा यसबर्ष झण्डै ५० बालबालिका किड्स कोरामा सहभागी

  • न्युज मानसराेवर

नेपालगन्ज:देशमै ठूलो साइकल पम्प ट्रयाक राजधानी बाहिर नेपालगन्जमा मात्रै बनेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १ को धम्बोझीमा बनेको झण्डै करोड लागतको पम्प ट्रयाक पूर्ण रूपमा सूचारु हुन बाँकी नै छ । ‘त्यसका लागि देशभरआयोजित कोरा च्यालेन्ज–२०२४ मार्फत प्रतिकिलोमिटरसहयोग आव्हान गरिएको छ’, बाँके जिल्ला साइक्लिङ्ग संघका अध्यक्ष गगन सिंह थापाले भने । उनका अनुसार, शनिबारआयोजित यसबर्षको कोरा साइकल यात्रामा ५ हजारबढी साइक्लिष्टले देशभरआफ्नो सहभागिता जनाउँदै नेपालगन्ज स्थित पम्प ट्रयाकका लागि यथोचित सहयोग गरेका छन् ।

नेपालगन्जमा बाँके जिल्ला साइक्लिङ्ग संघ र नेपालगन्ज साइक्लिङ्ग क्लबको संयुक्त व्यवस्थापनमा ‘राईइड फरकज, पम्प ट्रयाक नेपालगन्ज’ सहितको कोरा शनिबारआयोजना भयो । १ सय ५० बढी साइकल यात्रीले सहभागिता जनाएको कोरामा यसबर्ष झण्डै ५० बालबालिका किड्स कोरामा सहभागी भएको संघका अध्यक्ष थापाको भनाइ छ । ‘यसले बालबालिकामा साइक्लिङ्गको क्रेज बढाउने कुरामा हामी विश्वस्त छौं’, उनले भने ।

न्यूरोड बौद्ध गुम्बाबाट सुरु भएको कोरा नेपालगन्ज च्यालेन्जको पछिल्लो संस्करणमा विभिन्न तीन वटा रुट तय गरिएको थियो । सय किलोमिटररुट नेपालगन्ज, डुडुवा, जानकी हुँदै खजुराको सितापुरगौघाट पुगेको थियो । जहाँ धारा नेपालगन्ज म्याराथनले सहभागीहरूलाई आतिथ्य गरेको थियो । दोस्रो ५० किलोमिटरको रुटमा ३० जना सहभागी र २५ किलोमिटररुटमा २५ जना साइक्लिष्टले यात्रा पुरा गरेको नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष प्रदिप सापकोटाले जानकारी दिए ।

‘देशभरीबाट पम्प ट्रयाक नेपालगन्जबाट च्यारिटी भईरहँदा स्थानीय स्तरमा यसप्रति थप रुचि रसहयोग तथा सहकार्य आवश्यक छ’, अध्यक्ष सापकोटाले ५० किलोमिटरयात्रामा सहभागीहरूलाई स्वागत, सम्मान गरिरहँदा न्युज मानसरोवरसंग भने । उनीसँगै रहेका क्लबका निवर्तमान अध्यक्ष सतिश निरौलाले साइक्लिङ्ग अभियानलाई ब्यापकता दिन रसामाजिक सद्भाव बलियो बनाउन कोरा च्यालेन्जले सहयोग पुरयाउने विश्वास व्यक्त गरे । ‘हामीले अपेक्षित सहभागिता पाएका हौं’, ५० किलोमिटरयात्राको नेतृत्व गरिरहेका साइक्लिङ्ग क्लबका सञ्चार संयोजक विष्णु कंडेलले सहभागीहरुलाई मेडल वितरण गदैै भने । ५० र २५ किलोमिटरका सहभागीलाई नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले मेडल प्रदान गरेका थिए ।

  • ६ श्रावण २०८१, आईतवार प्रकाशित

  • Nabintech