२ कार्तिक २०८१, शुक्रबार

गुरुहरुको सम्मान गर्दै वागेश्वरी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

गुरु पुर्णिामा एक संस्कार सहित गुरुलाई आदर सम्मान गर्ने दिन

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा स्वतन्त्र विद्यार्थी युनियनले वक्तृत्वकला प्रतियोगित सम्पन्न गरेको छ । गुरु पुर्णिमाको अवसरमा स्ववियुले गुरुहरुको सम्मानका साथ वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको हो ।

गुरु पुर्णिामाको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै वागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि दान बहादुर हमालले गुरु पुर्णिामा एक संस्कार सहित गुरुलाई आदर सम्मान गर्ने दिन भएको वताए । उनले हरेक शिष्यहरुमा अन्धकारबाट उज्यालो प्रदान गर्न गुरुको आवश्यकता रहेको औंल्याए । शिष्य लाई जिवनको चेतना जगाउने र संस्कारको उजागर गर्न गुरु आफू जलेर पनि उज्यालो दिदै आएकोले हरेक शिष्यले आ आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर रहनु पर्ने वताए ।

क्याम्पस प्रमुख हमालले गुरु मैनवती भएकोले आफ्ना शिष्य लाई ज्ञान प्रदान गर्दै शिष्यको भविष्य निर्माण गर्ने सवालमा जिम्मेवारी रहेको वताए ।गुरुको लागि सम्मान गर्नु विद्यार्थीहरुको संस्कार भएको समेत उनको भनाई रहेको छ । गुरुको सम्मानको साथै अतिरिक्त क्रियाकलापको आयोजना गरि विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराएकोमा स्वतन्त्र विद्यार्थी युनियनलाई हमालले धन्यवाद समेत ब्यक्त गरे ।

सो अवसरमा वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा प्राध्यपनरत सम्पूर्ण प्राध्यापकहरुलाई खादा र अविरद्वारा सम्मान गरिएको थियो । गुणस्तरीय शिक्षामा वागेश्वरी क्याम्पस र सेमेस्टर प्रणाली भन्ने शिर्षकमा भएको वकृत्वकला कार्यक्रममा भरत राना प्रथम, देवि काफ्ले द्दितिय र प्रख्यात लम्सालले तृतीय स्थान हुन सफल भएका छन ।

कार्यक्रममा प्रथम द्दितिय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरु लाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रमको निर्णायक मण्डलको भसमिकामा उपप्राध्यापकहरु पुस्करनाथ रिजाल, एकराज शर्मा र खोपिराम वलि रहेका थिए ।

कार्यक्रममा वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका पुर्व क्याम्पस प्रमुखहरु रमेशचन्द्र अधिकारी, शिशिर कुमार शर्मा, पुर्व सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारी, विभागीय प्रमुखहरु जिवनसिंह राठौर ज्ञानेन्द्र शाही, खोपिराम वलि, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति एकराज शर्मा नेपाल रास्टृय प्राध्यापक संगठनका अध्यक्ष जयकृष्ण न्यौपाने लगायत प्राध्यापक, विद्यार्थी एवम् पत्रकारहरुको उपस्थित रहेको थियो । स्ववियु अध्यक्ष देवेन्द्र बहादुर बुढाको सभापत्वमा सम्पन्न कार्यक्रमको सन्चालन स्वतन्त्र विद्यार्थी युनियनका सचिव महेन्द्र प्रकाश मल्ल र कोषाध्यक्ष सुरेश चंदाराले गरेका थिए ।

  • ६ श्रावण २०८१, आईतवार प्रकाशित

  • Nabintech