कोहलपुर,बाँके: आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ ।
बाघलाई अब अर्थतन्त्रसङ्ग जोड्नुपर्ने बाघ र वन्यजन्तु बिना मानिसको जिवन असंभव रहेको हुँदा मानव र वन्यजन्तु बिचको सह अस्तित्व कायम राख्नुपर्ने संरक्षणकर्मि र सरोकारवाला निकायहरुले बताएका छन् । बिश्व बाघ दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्जद्वारा सोमबार कोहलपुरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाकि नगर उपप्रमुख संगीता सुवेदीले जङ्गल, जल र जमिनको स्वस्थ प्राकृतिक प्रणाली तथा समृद्दिका लागि बाघ र अन्य वन्यजन्तुको संरक्षण अति नै महत्वपुर्ण रहेको जिकिर गरिन।
देशकै सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुन्ज बिस्तारसङ्गै बाघको संख्या वृद्धि हुँदै जादा निकुञ्ज मध्यवर्ती क्षेत्रमा बाघ र अन्य वन्यजन्तुको कारण स्थानीय बासिन्दालाई क्षति पुगेको हुँदा बाघ र बन्यजन्तुको लागि उचित र सुरक्षित बासस्थानको प्राबधान मिलाई मानव प्राणि र बन्यजन्तु बिचको सह अस्तित्व जोगाउनुपर्नेमा जोड दिएकी सुबेदीले बाघले हुने नोक्सानि भन्दा पनि बाघ सरक्षण गर्दा हुने फाइदा र लाभको बारेमा जानकार गराउन सके र बन्यजन्तुको आक्रमणबाट स्थानियलाई जोगाएर राख्न संरक्षणकर्मिहरुले ठोस योजना ल्याउनुपर्नेमा जोड दिईन ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ सरक्षण अधिकृत मनोज कुमार शाहले देशकै सबैभन्दा कान्छो राष्ट्रिय निकुन्ज बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१० मा ४ वटा पाटे बाघ भएकोमा अहिले २५ वटा पुर्याउन सफल भएको र आगामि दिनमा बाघको संख्या अझै बृद्दि हुनेक्रम जारि रहेको बताए। उनले बाघको संख्या वृद्धि भएसङ्गै थप चुनौति थपिएको बताए। बाघको संख्यासङ्गै मानबिय क्षति पनि धेरै भैइरहेको हुँदा सरक्षणमा अझ बढि चुनौति थपिएको उनको जिकिर छ।
शाहले बाघलाई अब स्थानिय अर्थतन्त्रसङ्ग जोड्नुपर्ने मात्र नभई एक पटक भएपनि जिवनमा बाघलाई प्रत्यक्ष हेर्नकै लागि भएपनि निकुञ्जमा घुम्न आउने वातावरण मिलाउने व्यवस्था आफुहरुले गरिरहेको बताए। कार्यक्रममा तराई भु-परिधि कार्यक्रमका कार्यक्रम प्रबन्धक लक्ष्मण प्रसाद पौडेलले बाघ दिवस किन मानाईन्छ र यसको सरक्षण किन आवश्यक छ भन्नेबारे प्रष्ट पारेका थिए।
कार्यक्रममा विभिन्न समुदायको सास्कृतिक परम्परा झल्कने झाकि नृत्य सहित कोहलपुर क्षेत्र आसपासका बिद्यालयका बिद्यार्थी शिक्षकहरु सामुदायिक वनका सदस्य र बिभिन्न सरोकारवाला निकायका व्यक्तिहरु बाघ सरक्षण सम्बन्धि नारा लेखिएका प्ले कार्डहरु सहित र्यालिमा सहभागि भएका थिए।