१० मंसिर २०८१, सोमबार

४६औं पुष्पलाल स्मृति दिवस : खजुराको सि गाउँमा दौड प्रतियोगिताको आयोजना

२० विद्यालयका छात्र–छात्राहरूको सहभागिता

  • न्युज मानसराेवर

बाँके:बाँकेमा पुष्पलालको ४६औं स्मृति दिवस मनाइएको छ । दिवसका अवसरमा नेपाल खेलकुद महासंघ बाँकेले खजुराको सि गाउँमा  दौड प्रतियोगिताको आयोजना गरेको छ । अन्तरमावि छात्र/छात्रा १ हजार ५ मि. दौड प्रतियोगितामा बाँकेका २० वटा विद्यालयका छात्र–छात्राहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा छात्र तर्फ श्री अमर माध्यमिक विद्यालयका खेलाडी सुमन सुनार र छात्रा तर्फ बिनिता पुलामी मगरे प्रथम स्थान हासिल गरिन् । छात्र तर्फ श्री जय जनता माध्यमिक बिद्यालय नेपालगन्ज २० नयाँबस्तीका रूपेभ थारु द्वितिय र श्री आदर्श माध्यामीक बिद्यालय खजुराका प्रशान्त गुरुङ्ग तृतीय भए । त्यसैगरि छात्रा तर्फ जिवन ज्योती माध्यामिक विद्यालयकी छात्रा शिवानी बिकले द्वितिय स्थान र सोही बिद्यालयकी मनिषा बिक तेस्रो भइन् । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले रु ३ हजार, द्वितिय स्थान प्राप्त गर्नेले रु २ हजार, तृतीय स्थान प्राप्त गर्नेले रु १ हजार र सान्त्वनाले ५ सय रूपैयाँ पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

महासंघ बाँकेका अध्यक्ष होम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ स्थायी कमिटी सदस्य कृष्णा पाठकको प्रमुख आतिथि तथा अतिथिका रूपमा एमाले बाँके सचिव बलराम भट्टराई, खजुरा वडा नम्वर २ का वडाध्यक्ष धनिराम वली, लुम्बिनी प्रदेश खेलकूद बिकास समिति सदस्य डि.बी. तामाङ्ग, नेकपा एमाले उपमहानगर कमिटी अध्यक्ष मोहीत शाह, एमाले खजुरा गाउँपालिका अध्यक्ष देवीराम खनाल लगायतको उपस्थिति रहेको थियो । महासंघका सचिव संजित वलीले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण उपाध्यक्ष शिबेन्द्र भण्डारीले गरेका थिए ।

  • १५ श्रावण २०८१, मंगलवार प्रकाशित

  • Nabintech