नेपालगन्ज:बाँकेको नेपालगन्जमा नयाँ स्केट पार्क संचालनमा आउने भएको छ । यही साउन १७ गतेदेखी भेरी स्केट पार्क एण्ड ट्रेनिङ सेन्टर संचालनमा आउन लागेको हो । स्केट खेलका पारखीहरुलाई लक्षित गरी नेपालगन्ज उप-महानगरपालीका वडा नं १८ स्थित कारकाँदो चोक नजिकै ट्रेनिङ सेन्टर सहितको स्केट पार्क सञ्चालन गर्न लागिएको भेरी स्केट पार्कका सञ्चालक प्रदिप चौधरीले जानकारी दिए ।
स्केट हाउसको मापदण्ड अनुसारका प्रशिक्षकले प्रशिक्षण दिने ब्यवस्था समेत मिलाएको उल्लेख गर्दै संचालक चौधरीले बालबालिकादेखि पाका उमेरका ब्यक्तीहरुले समेत स्केट पार्कमा आएर साहासिक खेलको आनन्द उठाउन सक्ने बताए । करीब ३० लाखको लागतमा संचालनमा आउन लागेको स्केट पार्क ४ हजार स्क्वायर फिटमा पूर्ण मापदण्ड अनुसार निर्माण गरीएको सञ्चालक चौधरीले बताए ।
विशेष गरेर ८ वर्षदेखी माथीका बालबालिका तथा किशोरकिशोरीलाई लक्षित गरेर संचालनमा ल्याईएको स्केट पार्कमा एक पटकमा ५० जनासम्म खेल्न मिल्ने बताईएको छ । बाँकेमा सहासिक खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले स्केट पार्कमार्फत तालिम र खेल प्रतियोगिता सहितको योजना समेत बनाइएको चौधरीले बताए ।