कोहलपुर,बाँके: कोहलपुर नगरपालिका १० कालिकानगर बस्ने ६५ वर्षीय हरी बहादुर रोकालाई डुडुवा खोलाले बगाएपछि बेपत्ता भएका छन् । कोहलपुर ११ क्रिकेट मैदान नजिकै डुडुवा खोलामा बुधवार दिउँसो दाउरा सङ्कलन गर्न गएका उनलाई खोलाले बगाउँदा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले दिएको जानकारी अनुसार जिल्ला जुम्ला कनका सुन्दरी गाउँपालिका घर भई बाँके कोहलपुर १० कालिकानगर बस्ने वर्ष ६५ का हरी बहादुर रोका डुडुवा खोलाबाट दाउरा निकाल्ने क्रममा बुधवार दिउँसो २ बजेर १४ मिनेटमा खोलाले बगाउँदा वेपत्ता भएका हुन ।
उनले आफ्नो कमाण्डमा १५ जना प्रहरीको टोलीले वेपत्ता हरि बहादुरको खोजतलास गरेपनि फेला नपारेको जनाउँदै सशस्त्र प्रहरी गण नेपाल राजश्व प्रहरी ईकाइ कोहलपुर बाँकेबाट सशस्त्र प्रहरी निरिक्षक सर्वजित थापाको कमाण्डमा रहेको ९ जनाको टोलीले खोज तलाश गरिरहेको बताए ।
वर्षाका कारण अहिले निरन्तर खोला र नदीमा पानीको बहाव बढ्दै गएकोले नदी तथा खोलामा नुहाउन वा दाउरा सङ्कलन गर्न नजान सर्वसाधारणसँग कोहलपुर ईलाका प्रहरी कार्यालयले अनुरोध गरेको छ ।