बाँके\बाँकेमा धेरै दिनदेखि वर्षा नहुँदा रोकिएको धान रोपाइँ बुधबार सुरु गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठका अनुसार लामो समयदेखि वर्षा नहुँदा ७० प्रतिशत रोपाइँ भएर गत सातादेखि पानीको अभावमा रोकिएको रोपाइँ बिहीबारबाट तीव्र पारिएको हो।
उनले बुधबार जिल्लामा ठुलो वर्षा भएपछि रोकिएको रोपाइँ बिहीबारबाट तीव्र पारिएको जनाउँदै रोपाइँ ७५ प्रतिशत पुगेको जानकारी गराए ।आइतबारसम्म ८५ प्रतिशत रोपाइँ सकिने अनुमान गरिएको जनाउँदै राप्ती सोनारी लगायतका केही पालिकामा भने रोपाइँ सम्पन्न भइसकेको उल्लेख गरेका छन।जिल्लाका जानकी, खजुरा, डुडुवा र बैजनाथ गाउँपालिकामा भने रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।