६ मंसिर २०८१, बिहीबार

गोरखाका निशान्तले ल्याए ३.८१ जिपिए, एभरेष्ट सैनिकका ५१ विद्यार्थी उतिर्ण
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजामा बाँकेको गोरखा युनाईटेड पब्लिक स्कुलका छात्र निसान्त उपाध्ययले ३.८१ जिपिए सहित उत्कृष्ट नतिजा ल्याएका छन । कुल ९५ प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएको गोरखाले बिज्ञान बिषय लिएर अध्यन गरेका उपाध्ययको उत्कृष्ट नतिजा आएको विद्यालयले जनाएको छ । त्यसैगरि म्यानेज्मेन्टतर्फ युनिका शेर्पाईलीले ३.६६, र स्नाहा बि.क.ले ३.६५ जिपिए ल्याउन सफल भएकी छिन । अन्य उतीर्ण विद्यार्थीहरुको नतिजा पनि ३.५० जिपिएदेखि माथि नै आएको गोरखा युनाईनेट पब्लिक स्कुलले जनाएको छ ।

यसैगरि कोहलपुर क्षेत्रमै सवै भन्दा बढि विद्यार्थी एभरेष्ट सैनिक सेकेण्डरी स्कुलले उतिर्ण गराउन सफल भएको । विद्यालयले आफना कुल परिक्षामा सम्मेलित विद्यार्थीहरुमा ५१ जना उतिर्ण गरेको भन्दै कोहलपुर क्षेत्रमै संख्याका हिसावले आफनो विद्यालयले बढि उतिर्ण गराउन सफल भएको दावि गरेको छ । विद्यालयमा सबैभन्दा राम्रो नतिजा यज्ञ नेपालीको आएको विद्यालयले जनाएको छ उनको ३.५० जिपिए आएको छ । एभरेष्ट सैनिक सेकेण्डरी स्कुल कोहलपुर २ मा कानुन तथा शिक्षाशास्त्रको अध्यापन हुने गरेको छ ।

शिक्षा, ब्यबस्थापन र कम्प्युटर साईन्स अध्यापन गराईरहेको कोहलपुरकै नमुना विद्या सदनले पनि कक्षा १२ को रिजल्ट उत्कृष्ट ल्याएको विद्यालयले जनाएको छ । विद्यालयका निर्देशक शिव डाँगिले आशा गरेको भन्दा राम्रो रिजल्ट आएको वताउदै आफना विद्यार्थीहरुलाई बधाई ज्ञापन ब्यक्त गरेका छन ।

 

  • १९ श्रावण २०८१, शनिबार प्रकाशित

  • Nabintech