१० मंसिर २०८१, सोमबार

समाजवादि युवा संघका जिल्ला अध्यक्ष कुवर सहित डेढ सय युवा एमाले प्रबेश
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: नेकपा एकिकृत समाजवादिको युवा संगठन समाजवादि युवा संघका बाँके जिल्ला अध्यक्ष दिपेन्द्र कुवर एमाले प्रबेश गरेका छन । आज कोहलपुरमा नेकपा एमालले गरेको बिशेष कार्यक्रममा उनी एमाले प्रबेश गरेका हुन । दिपेन्द्र कुवर, सुरेश अधिकारी र मदन विकको नेतृत्वमा एक सय पचास बढि युवाहरु पुरानो आफनो घर नेकपा एमालेमा फर्किएको एमाले स्वास्थ्य फाँट ईन्चार्ज कुस्माखर बस्यालले न्युज मानसरोवरलाई बताए ।

कोहलपुरमा आयोजित कार्यक्रममा नेकपा एमालेका जिल्ला ईन्चार्ज शान्ति ढकाल,  ईन्चार्जहरु सुर्य ढकाल, मो. हारुन हलुवाई, पशुपति दयाल मिश्र ,जिल्ला सचिव बलराम भट्टराई, नगर अध्यक्ष कुल बहादुर भट्टराई , सचिव हेम कुमार रावत , युवा संघका केन्द्रिय सदस्य खेम शर्मा,कुस्माखर बस्याल ,किशोर थापा लगाएत युवा संघका कार्यकर्ताहरुले नव प्रबेशिहरुको भब्य स्वागत गरेका थिए ।

पार्टिमा स्वागत गर्दै नेकपा एमालेका जिल्ला सचिव बलराम भट्टराईले युवाहरुको उर्जाशिल शक्तिलाई समाज परिवर्तनमा खर्चिन आब्हान गर्दै देश बनाउने जिम्मा युवाहरुकै काँधमा रहेको जिकिर गरे । उनले हजारौं युवाहरु विदेश पलाएन भईरहेको सन्दर्भमा स्वदेशमै केहि गरौं भन्ने मनासयले स्वदेशमै उद्यम गरिरहेका युवाहरुलाई राज्यले उद्यमशिल वनाउन ठोस निति तय गर्नुपर्नेमा जोड दिए ।

नेकपा एमाले नगर अध्यक्ष कुल वहादुर घट्टराईको अध्यक्षतामा आयोजित पार्टि प्रबेश कार्यक्रममा एमालेका नेताहरु सुर्य ढकाल, शान्ति ढकाल, पशुपति दयाल मिश्र, मो.हारुन हलुवाई र किशोर थापाले समेत आ आफनो मन्तब्य राखेको कार्यक्रमको सञ्चालन नगर सचिव हेम कुमार रावतले गरेका थिए ।

  • १९ श्रावण २०८१, शनिबार प्रकाशित

  • Nabintech