काठमाडौँ:प्रधानमन्त्री केपी शर्मा ओलिले सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा स्वराङकन (डबिङ) गरेका छन्। उनले शनिबार अनामनगरस्थित एक स्टुडियोमा आफ्नो स्वर डबिङ गराएका हुन्।
यसअघि पूर्व प्रधानमन्त्री माधव नेपालले पनि फिल्मका लागि आवाज ‘डबिङ’ गराएका थिए। तेजाव पीडितहरूको कथामा आधारित यो फिल्मको निर्माण कलाकार रमित ढुंगानाले गरेका छन्। उनले नै निर्देशन गरेको फिल्ममा पर्साकी तेजाव पीडित मुस्कान खातुन, सुरवीर पण्डित, सिम्रन खड्का लगायतको अभिनय छ।