९ मंसिर २०८१, आईतवार

व्यवहारिक र जीवन उपयोगि सिकाईमा पनि जोड दिदै ईश्वरी मावि
  • न्युज मानसराेवर

बाँके:विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा सिकाउन शिक्षक विद्यार्थी मिलेर धान रोपेका छन् । बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ६ एच गाउँमा रहेको ईश्वरी माध्यमिक विद्यालयमा बुधबार शिक्षक र विद्यार्थी मिलेर धान रोपाइँ गरेको विद्यालयका प्रधानाध्यापक राजकुमार सापकोटाले जानकारी दिनु भएको छ।

बिगत केहि बर्ष स्कुलको नाममा भएको धान खेति गर्न मिल्ने १ बिगाह १० कठ्ठा जमिन ठेक्कामा दिदै आएको थियो। तर यस बर्ष भने विद्यार्थीहरुलाई व्यवहारिक सिप सङ्गै कृषिबारे राम्रो जानकारी होस र उनिहरुलाई अभ्यास होस् र यसबाट आउने आम्दानी विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा खर्च गर्ने उदेश्यले सयुक्त रुपमा धान रोपिएको बताउनु भएको छ।

यस्तै विद्यालयमा आएर यसरि शिक्षकहरुसङ्गै धान रोप्न पाँउदा आफुहरुलाई नि रमाइलो लाग्ने गरेको रोपाइमा सहभागि भएका विद्यार्थीहरुले बताएका छन् । पछिल्लो समय विद्यालयले शैक्षिक गुणस्तरसङ्गै विद्यार्थीहरुलाई व्यवहारिक र जीवन उपयोगि सिकाईमा पनि जोड दिदै आएकोमा अभिभावकहरुले पनि आफ्ना छोराछोरीले व्यवहारीक सिप सिकेसङ्गै यहाँ सिकेको सिप घरमा गएर पनि व्यवहारमा ल्याएको बताएका छन् र उनिहरुले विद्यालयले गर्ने यस्ता क्रियाकलापलाई निरन्तरता दिन आग्रह समेत गरेका छन् ।

  • २४ श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech