१० मंसिर २०८१, सोमबार

टीआरसी विधेयक आज संसदीय समितिबाट पारित गरिँदै
  • न्युज मानसराेवर

काठमाडौं : संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी)  विधेयकआज संसदीय समितिबाट पारित गर्ने तयारी गरिएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिनसत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्न प्रतिनिधिसभाको कानूनन्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

समिति सदस्य महेश बर्ताैलाले शीर्ष तहबाटै टुंगिसकेकाले विधेयक समितिबाट आजै पारित हुने सम्भावना रहेको बताए। समितिबाट प्रतिवेदनसहित पारित हुने विधेयकलाई आगामी २९ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी छ ।

२०७९ फागुन २५ मा प्रतिनिधिसभामा दर्ता भएर १५ महिनादेखि समितिमा अलपत्र विधेयकमा प्रमुख तीन दलको कार्यदलले सहमति जुटाएर शीर्ष नेतालाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।मुख्य विवादित विषयमा सहमति भएसँगै संसदको चालू अधिवेशनबाटै यो विधेयक पारित गर्ने तयारी गरिएको छ।

 

  • २४ श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech