बाँके: बाँके जिल्लामा एकहप्ता भित्रमा ४ वेवारिसे शव फेला परेको छ । बाँकेको बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा विभिन्न मितिमा ४ जनाको शव फेला परेको हो । साउन १८ गते बैजनाथ गाउपालिका वडा नं ६ स्थित गगन सिंह घर्तीमगरको घरमा राजु भन्ने एकिन नामथर वतन नखुलेको वर्ष अन्दाजी ५० को पुरुष मृत अवस्थामा फेला परेको हो ।
यस्तै साउन २० गते बाँके कोहलपुर नगरपालिका वडा नं २ बिकाशनगर स्थित रत्नराजमार्गको कोहलपुर सुर्खेत सडक खण्डको छेउमा एकिन नामथर वतन नखुलेको वर्ष अन्दाजी ६५ को पुरुष मृत अवस्थामा फेला परेको हो । यसैगरी साउन २२ गते बाँके राप्ती सोनारी गाउपालिका वडा नं २ सम्शेरगञ्ज स्थित एकिन नामथर वतन नखुलेको मंगल दाई भनेर चिनिने वर्ष अन्दाजी ६५ को निम्न पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै साउन २५ गते कोहलपुर नगरपालिका वडा नं २ दशविगाह चोक स्थित रहेको सार्वजनिक प्रतिक्षालयमा एकिन नामथर वतन नखुलेकी वर्ष अं ४०/४२ कि महिला मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकहरूको शव भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राखिएको छ । यी सबै शवहरुको हालसम्म सनाखत नभएको प्रहरीले जनाएको छ ।