१० मंसिर २०८१, सोमबार

राप्तीसोनारी २ का वडाअध्यक्ष ओलीले गरे विद्यालयलाई विभिन्न सामग्री सहयोग
  • न्युज मानसराेवर

राप्तीसोनारी:राप्तीसोनारी गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष ज्ञानेन्द्रराज ओलीले पालिकाको वडा नं. ५ मा पर्ने बालक शान्ति प्राथमिक विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेका छन् ।

एक कार्यक्रमका बीच उनले विद्यालयलाई आवश्यक पर्ने फिल्टर मेसिन ६ वटा सिलिङ पंखा तथा फिटिङ सामग्री सहयोग गरेका हुन् । करिव दुई लाख २३ हजार मूल्य बराबरको सामाग्री वडाअध्यक्ष ओलीले सहयोग गरेको विद्यालयले जनाएको छ । सहयोग सामग्री हस्तान्तरण पछि वडाअध्यक्ष ओलीले आफ्नो तर्फबाट हुन सक्ने सहयोग गरिएको बताए ।

उनले कुनै पनि बालबालिकाहरु विद्यालयको पहुँच भन्दा बाहिर हुन नपरोस् र विद्यालयमा रहेका बालबालिकाहरुको पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।

उक्त सहयोग सामग्रीपछि बालबालिकाहरुले शुद्ध पिउने पानी खान पाउने छन् ।यस्तै गर्मीमा पनि राहात महसुस हुने विद्यार्थीहरुको भनाइ छ । वडाअध्यक्ष ओलीको सहयोगले विद्यालयलाई ठूलो राहात मिलेको विद्यालयका प्रअ खेमराज थापाले बताए ।

  • २७ श्रावण २०८१, आईतवार प्रकाशित

  • Nabintech