२ माघ २०८१, बुधबार

औषधी अब अस्पतालभित्रै पाइने
  • न्युज मानसराेवर

बाँके\भेरी अस्पतालमा उपचार गराउन आउने बिरामीले अबदेखि चिकित्सकले लेखेको औषधी अस्पतालभित्रैको फार्मेसीबाट पाउने भएका छन्। ओपीडीमा चेकजाँच गराउन आउने बिरामीले चिकित्सकले लेखिदिएको औषधी अस्पताल हातामा रहेको फार्मेसीबाट पाउने भएका हुन्। चिकित्सकले लेखेको सबै औषधी अस्पताल हातामा रहेको फार्मेसीमा उपलब्ध नहुँदा सेवाग्राही बाहिरका मेडिकलमा महँगोमा औषधी खरिद गर्नुपर्ने बाध्यतामा थिए।

  • ३० श्रावण २०८१, बुधबार प्रकाशित

  • Nabintech