१० मंसिर २०८१, सोमबार

सार्वजनि जनसरोकारका विषयमा कोहलपुर नगरका विरुद्ध भण्डारीले गरे आन्दोलनको घोषणा

स्पष्टताको अभावमा नागरिकमा भ्रम, निराशा र हतास मानसिकताको बिकास हुन नदिन आन्दोलन

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:”सुशासन समृद्धिका लागि पारदर्शी जवाफदेहिता” भन्ने मुल नारा लिएर सुचना अभियान्ता तथा नागरिक उन्मुक्ति पार्टिका जिल्ला सचिव भुम भण्डारीले कोहलपुर नगरपालिकाले आफना केहि मागकावारे चासो नदिएको भन्दै आन्दोलनको घोषणा गरेका छन । आज आईतवार कोहलपुरमा पत्रकार भेटघाट गर्दै आफना एजेण्डा सहित आन्दोलनमा नै होमिनु परेको भण्डारीको भनाई छ । उनले शान्तिपुर्ण प्ले कार्ड प्रर्दशन देखि कार्यालय घेराउ र अर्धनग्न रुपमा प्रर्दशन गर्ने गरि आफनो तयारि अगाडि बढेको जनाएका छन ।

कोहलपुर भौगोलिक रुपमा अत्यन्तै समृद्धिको संभावना बोकेको आधुनिक मानवीय बिकास क्रमको रोजाईको बिकाशोन्मुक शहर  भएको उल्लेख गर्दै भण्डारीले कोहलपुर ऐतिहासिक रुपमा उत्पादनको क्षेत्र , वर्तमानमा कोहलपुर ब्यावसायिक संभावनाको केन्द्र बनेको जिकिर गरेका छन उनले आर्थिक सामाजिक राजनीतिक र सास्कृतिक दृष्टिकोण बाट कोहलपुर नेपालको विभिन्न कालखण्डका राजनीतिक सामाजिक रुपान्तरण प्रभावको आप्रबाशन बसाइँसराइ समेतले कोहलपुरआधुनिक आवश्यकताको केन्द्र रहेको पुष्टि हुन्छ भन्दै आधुनिकता बिकासको गति अनुसार आफ्नो समृद्धिको यात्रा कोहलपुरले जनचाहना अनुसार विभिन्न कारणवस पूरा गर्न नसकेको प्रति चिन्ता ब्यक्त गरेका छन ।

कोहलपुर नगरपालिका कार्यालयबाट सम्पन्न गरिएका र सम्पादित हुने कार्यहरू समय समयमा चर्चाको विषय बन्ने गरेको सर्वबिदितै छ भन्दै भण्डारीले नागरिक , जनप्रतिनिधि र नगरपालिका बीच मात्रै घोषित सभा सम्मेलन र कार्यक्रम मार्फत गरिएका सुशासन र पारदर्शिता अभिव्यक्तिहरुले जनतालाई बिश्वास दिलाउन नसकेको जिकिर गरेका छन । सरकारले नागरिकको अबिभावक पनि नागरिकका सहि सकारात्मक र आवश्यकताको ब्यबस्थापन गर्नु सामाजिक न्यायीक मानवीय जिम्मेवारी र जवाफदेहीता पनि हो उनले नगरपालिकालाई आफुले पटक पटक ध्यानाकर्षण गराएको बिषय जोडदै भुम भण्डारीले भनेका छन आफ्नो समाजमा हुने भैरहेका बिगत वर्तमान र भविस्यका लागि आज बन्ने हुँदै गरेको कार्य योजना प्रती जनचासो राख्नु गलत भए खबरदारी गर्नु असल नागरिकको कर्तव्य र धर्म हो । हाम्रो चासो हाम्रो सचेतना हाम्रै भविस्य र सन्ततिका लागि हो भन्ने भावना र जिम्मेवारी बोधका साथ अगाडि बढनु हामी सबैको नागरिक कर्तव्य हो ।

सचेत , असल , जागरुक र उत्साही नागरिक बनी कोहलपुरको आर्थिक सामाजिक सास्कृतिक रुपान्तरण र समृद्धिको यात्रामा आफ्नो भूमिकाको निर्वाह गर्नु पर्दछ । सकारात्मक शान्तिपूर्ण दवाब खबरदारी ध्यानाकर्षण मागले सामाजिक राजनीतिक सबै खाले बिकृती र विसङ्गतीको अन्त्यमा सहयोगी भुमिका निर्वाह गर्दछ ।

यस्तै उनी अगाडि थप्छन निरन्तरको सामाजिक अभियान, दवाब र ध्यानाकर्षण मार्फत गरिएको खबरदारी पश्चात केहि महत्त्वपूर्ण विषयहरु विभिन्न समयमा उठान हुने र स्पष्टताको अभावमा नागरिकमा भ्रम, निराशा र हतास मानसिकताको बिकास हुन नदिनका लागि कोहलपुर नगरपालिका प्राङ्गणमा सकारात्मक शान्तिपूर्ण दवाबमुलुक धर्ना दिने निष्कर्ष पुगेको जानकारी गराउन चहान्छु । सधैं निराशा बिरक्त्तीको मनोवृत्ति बाहिर कोहि कोहि निस्कनै पर्छ आग्रह पुर्वाग्रह र बैरभाव रहितको आन्दोलन नागरिक आन्दोलन हो यो आयोजना गरिएको होइन निश्चित एजेन्डाको स्पष्टताको घेराभित्र संचालन हुनेछ बक्ता भन्दा मौनता , सहभागी सबै जिम्मेवार नेतृत्व कर्ता हो सकारात्मक सोच र नागरिक जिम्मेवारी बोधका इच्छुक सबैलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु भण्डारीले आफनो एजेण्डालाई अघि सार्दै भने ।

उनका एजेन्डाहरुमा कोहलपुर नगरपालिका कार्यालयद्वारा हालसम्म गठन गरिएका बिज्ञ समिति र बुझाइएको प्रतिबेदन,कोहलपुर नगरपालिका कार्यालयको आर्थिकवर्ष ०७९/०८० र आर्थिकवर्ष ०८०/०८१ सम्पूर्ण आय ब्यय र बेरुजु विवरण माग गरेका छन ।

यसैगरि उनले कोहलपुर नगरपालिका कार्यालयद्वारा आर्थिकवर्ष ०७९/०८० र ०८०/०८१ मा छनौट नियुक्ति र राखिएका स्थायी करार अस्थायी कर्मचारी र शिक्षकको बिवरण विवरण माग गरेका छन भने  कोहलपुर नगर क्षेत्र भित्र संचालित पार्क भ्युटावर,स्विमिङ्ग,स्केट लगायत अन्य सिकाई केन्द्रमा बिध्यार्थी र सिकारु भर्ना र सुरक्षा संबेदनसिलता मुताविक जोखिम बिमा आवश्यक छ छैन धारणा सार्वजनिक गर्न माग गरेका छन ।
कोहलपुर नगरपालिका क्षेत्रमा रहेको जम्मा सार्वजनिक र सरकारी जग्गा कति छ कब्जा अतिक्रमण भोगाधिकार र बाडिएको अवस्थामा अवस्था के कस्तो छ  ? सार्वजनिक कोहलपुर नगरपालिका कार्यालयद्वारा गरिएको भौगोलिक सामाजिक सास्कृतिक आर्थिक शैक्षिक रुपान्तरणको  विवरणहरु समेत उनको मागको विषय बनेको छ ।

उनले भोलि सोमवारदेखि गर्ने भनिएको आन्दोलनका कार्यक्रमलाई नेपालीहरुको महत्वपुर्ण चाड रक्षा बन्धन परेकाले ४ गते नगरपालिकाको कार्यालय परिसरमा गर्ने गरि तय गरिएको उल्लेख समेत गरेका छन ।

  • २ भाद्र २०८१, आईतवार प्रकाशित

  • Nabintech