९ मंसिर २०८१, आईतवार

यी हुन् एनपीएल खेल्ने ८ टोली
  • न्युज मानसराेवर

काठमाडौँ:नेपाल क्रिकेट संघ  (क्यान) ले आगामी मंसिर १५ मा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ। क्यानले विज्ञप्ति जारी गरी एनपीएलमा सहभागी हुने ८ टोलीको नाम सार्वजनिक गरेको हो। देशका ८ स्थानलाई प्रतिनिधित्व गर्दै टोलीको नाम राखिएको छ।

काठमाडौँमा हुने एनपीएलमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम टोली सहभागी हुने क्यानले जनाएको छ। एनपीएल मंसिर १५ देखि पुस ६ सम्म हुनेछ। क्यानले यसअघि भारतीय कम्पनीलाई जिम्मा दिँदै नेपाल टी-२० लिग आयोजना गरेको थियो। स्पट फिक्सिङलगायतका आलोचना र विवादमा परेपछि क्यानले पहिलोपटक आफैँले फ्रेन्चाइज लिग आयोजना गर्न लागेको हो।

  • १५ भाद्र २०८१, शनिबार प्रकाशित

  • Nabintech