काठमाडौँ: त्रित्राको मुखै बैरी भने झैं जथाभावि बोल्ने नेकपा एसका उपमहासचिव मेटमणि चौधरीले पार्टिवाट स्पष्टिकरण सोधिमागेका छन । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई पार्टीले पत्र पठाएर स्पष्टीकरण मागेको छ। यही भदौ २५ गते एक टीभी अन्तर्वार्तामा चौधरीले लिपुलेक र कालापानीमा भारतको हो भन्ने आशयको अभिव्यक्ति दिएपछि बिहीबार पार्टीका महासचिव घनश्याम भुसालले पत्र पठाई ३ दिनभित्र स्पष्टीकरण दिन भनेका हुन्।
‘भाद्र २५ गते साँझ ‘प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन्’ कार्यक्रममा तपाईंले लिपुलेक र कालापानीमाथि इन्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ। मलाई लाग्छ– दाबी पुग्छ, उसको दाबी पुग्छ, भारतले लिन पाउँछ। (कालापानी र लिपुलेक) भारतको हो नि’ भन्नु भएको रहेछ’, महासचिव भुसालले पठाएको पत्रमा भनिएको छ, ‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन्। हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदित नै छ। त्यस विपरित मुलुकको अखण्डता र सर्वभौमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको होरु यसबारे ३ दिनभित्र लिखित रूपमा स्पष्टीकरण दिनुहोला।’
हेर्नुहोस् महासचिव भुसालले उपमहासचिव चौधरीलाई लेखेको पत्र