६ कार्तिक २०८१, मंगलवार

हलमा लाग्यो उपासना र धिरज अभिनित ‘खुस्मा’
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: उपासना सिंह ठकुरी र धिरज मगर अभिनित फिल्म ‘खुस्मा’ हलमा लागेको छ। संविधान दिवसको अवसरमा यो फिल्म बिहीबारदेखि नेपालभर प्रदर्शनमा आएको हो। आज अन्य नेपाली फिल्म प्रदर्शन नहुँदा यस फिल्मले सोलो रिलिजको मौका पाएको छ। यसअघि असोज ३ का लागि नीता ढुंगानाको ‘ह्रस्वदीर्घ’ र सुशील श्रेष्ठको ‘आउट ल’ डेट तोकिएको थियो। तर, पछि दुबै फिल्म सरेपछि खुस्मालाई फाइदा पुगेको छ।

मगर समुदायको कथामा आधारित यस फिल्मले नेपालका मल्टिप्लेक्स हलहरुमा सुखद शो पाएको छ। यो फिल्म अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको हो। फिल्ममा सशस्त्र–माओवादी द्धन्द्वकालमा अकुंराएको प्रेमकथालाई समेटिएको छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म थापाको पहिलो निर्देशकिय फिल्म हो। फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ।

वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर फिल्मको निर्माता हुन्, भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्। मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ।

  • ३ आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech