९ मंसिर २०८१, आईतवार

१७ वर्ष मुनिको साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:घरेलु टोली भुटानलाई हराउँदै नेपाल १७ वर्ष मुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । थिम्पुमा रहेको चङ्लिमिथाङ रङ्गशालामा हिजो भएको खेलमा नेपालले भुटानलाई २–१ ले हराएको हो ।

नेपालको जीतमा कृष्ण बहादुर आले र सुजन डङ्गोलले गोल गरे । घरेलु टोली भुटानका योनतेन थारचेनले गोल गरेका थिए । यो नेपालको दोस्रो जीत हो । समूह चरणको तीन खेलमा दुई जीत र एक हारसहित नेपालले छ अङ्क बनायो । नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

एक खेल बराबरी र दुई जीतमा सात अङ्क बनाएको पाकिस्तान समूह विजेता बन्दै अन्तिम चारमा परेको हो । भुटानले एक जीत एक बराबरी र एक हारमा चार अङ्क जोड्दा तेस्रो स्थानमा रहँदै समूह चरणबाट बाहिरिएको छ । समूहको सबैभन्दा कमजोर श्रीलङ्क तीन खेलमा हार बेहोर्दै अङ्क बिहिन बन्यो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० ले हार्दा दोस्रो खेलमा श्रीलङ्कालाई ४–० ले हराउन सफल भएको थियो । अब नेपालले सेमिफाइनलमा भारतसँग खेल्नेछ । भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

  • १० आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech