७ मंसिर २०८१, शुक्रबार

एमाले क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं. १ बाँकेले बृहत रक्तदान आयोजना गर्दै

शिक्षण अस्पताल कोहलपुरमा हुने रक्तदानवाट २ सय पिन्ट रगत संकलन हुने अपेक्षा

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: नेकपा एमाले क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं. १ बाँकेको आयोजनमा बृहत रक्तदान कार्यक्रम गरिने सो पार्टिले जनाएको छ । पछिल्लो समय बाँकेका अस्पतालहरुमा देखिएको रगत अभावलाई परिपुर्ति गर्न क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं. १ बाँकेले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको नेकपा एमाले बाँके क्षेत्र नं. १ का संयोजक कुस्माखर वस्यालले न्युज मानसरोवरलाई वताए ।

बाँकेको मुख्य केन्द्रमा रहेको उदाउँदो शहर कोहलपुरमा लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विरामीहरुको उल्लेख्य चाप रहने र उपचारार्थ आउने विरामीहरुको रगत विना अकालमै ज्यान नजावस भन्ने पवित्र भावनाकासाथ बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाउदै क्षेत्रिय संयोजक वस्यालले असोज १२ गते शनिवारका दिन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर परिसरमा आम स्वतन्त्र रक्तदाताहरु, पार्टिपंतिका नेता कार्यकर्ता तथा जनवर्गिय संघ संघठनका कार्यकर्ताहरुलाई आब्हान समेत गरेका छन ।

विहान ११ वजे देखि शुरु हुने रक्तदान कार्यक्रममा कम्तिमा पनि २ सय पिन्ट रगत संकलनको नेकपा एमाले क्षेत्रिय समन्वय कमिटीले लक्ष्य लिएको छ । बाँकेमा सुत्केरी, दुर्घटनावाट उच्च रक्तश्राव भएका विरामी, बिभिन्न शल्यक्रिया गर्नपर्ने विरामीहरु आईरहने भएकाले पनि हरेक दिन जिल्ला भरि ९० देखि ११० पिन्ट रगत आबश्यक पर्ने गरेकोमा पछिल्लो समय बाँकेका बलड बैंकहरुमा रगत अभाव हुँदै आएको स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक रहेको छ ।

रगत अभावका कारण प्रत्यक्ष मारमा बिभिन्न पहाडी जिल्लावाट उपचारकालागि बाँके आउने विरामी र उनका आफन्त प्रताडनमा पर्दै आएको अवस्थालाई मध्य नजर गर्दै पछिल्लो समय विभिन्न सामाजिक क्रियाकलापमा संलग्न क्षत्रिय समन्वय कमिटीले आफनो सक्रियतालाई बढाउन सार्वजनिक रुपमा रक्तदान गर्न आब्हान गर्दै यो रक्तदान कार्यक्रमको आयोजना गरेको वताएको छ ।

यसैविच नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु जिल्ला कमिटी बाँकले पनि भोलि ११ गते शुक्रवार नेपालगञ्जको महेन्द्र बहुमुखि क्याम्पसमा रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रकाश विकले देशभक्त, जुझारु युवा विद्यार्थीहरुलाई रक्तदान गर्न आव्हान गरेका छन । क्याम्पस परिसरमा हुने उक्त रक्तदान कार्यक्रमबाट १ सय पचास पिन्ट रगत संकलन हुने अनेरास्ववियुले आंकलन गरेको छ ।

  • १० आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech