७ मंसिर २०८१, शुक्रबार

धिताल र भट्टराईद्धारा प्यानल सहित उमेदवारी दर्ता
  • न्युज मानसराेवर

काेहलपुर: काेहलपुर उद्याेग वाणिज्य संघकाे अध्यक्ष पदमा अन्जना धिताल र प्रदिप भट्टराईले प्यानल सहित उमेदवारी दर्ता गरेका छन।


संघको आगामी कार्तिक ३ गते हुने चुनावको लागि अध्यक्षमा धिताल र भट्टराईले प्यानल सहित उमेदवारी दिएपछि उनीहरुमध्ये एकजना अध्यक्ष हुने पक्का भएको छ ।

मनोनयनपत्र दर्ता गराउने दिन विहिबार धिताल र भट्टराईको प्यानलले उम्मेदवारी दर्ता गराएका हुन । धिताल प्यानलले बिहिबार ११.३० बजे र भट्टराई प्यानलले साझ २:३० बजे मनोनयनपत्र दर्ता गरेका हुन् ।


आगामी कार्तिक ३ गते हुने संघको अधिवेशनबाट निर्वाचित हुने अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू सहित कार्यकारिणी समिति सदस्य पदका लागि बिहीबार मनोनयन पत्र दर्ता गर्ने मिति ताेकिएकाे थियो ।

अन्जना धितालले नेतृत्व गरेकाे प्रगतीसिल व्यवसायी समुहबाट बरिष्ठ उपाध्यक्षमा भुपेन्द्रप्रसाद काफ्ले ,उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी,बस्तुगत उपाध्यक्षमा रुपक भुजेल,महासचिवमा दिपक अर्याल, उप-महासचिव गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले, सह-कोषाध्यक्षमा टंक प्रसाद खनालले उमेदवारी दर्ता गरेका छन भने सदस्यहरुमा ,अंकित सिग्देल ,एक बहादुर खड्का ,कृष्ण रानाभाट खगेन्द्र ब शाही , ढक बहादुर थारु ,परिवर्तन बिस्वकर्मा ,भानुराज उपाध्याय ,मोती प्रसाद सबेदी ,रबि प्रसाद कर्माचार्य ,राजिव शर्मा तथा महिला सदस्यहरुमा अस्मिता के सी प्रतिभा खड्का , तथा एशोसियट सदस्यमा दिपेश खनाल रहेका छन।


यसैगरी लोकतान्त्रिक समुहबाट प्रदिप भट्टराई अध्यक्ष बरिष्ठ उपाध्यक्षमा चण्डी प्रसाद गैरे, उद्योग तर्फको उपाध्यक्षमा हरि शरण के. सी., वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपक बहादुर भण्डारी, उप महासचिवमा राजन कुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कडेल र सह कोषाध्यक्षमा देविलाल सुनारको उम्मेदवारी परेको छ ।सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुप बहादुर भण्डारी, किरण वि।क।, गौरव श्रेष्ठ, गिरधारी शर्मा, असोक गौडेल, मान बहादुर बुढा र महिला सदस्यमा शीतल योगी अधिकारीको उम्मेदवारी घोषणा भएको हो । एसोसियट तर्फ राजेन्द्र रिजाल लाई उम्मेदवार बनाएको छ ।

  • १८ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech