६ मंसिर २०८१, बिहीबार

विभेद रहित निर्वाध व्यापार व्यसाय गर्न पाउनुपर्छ : धिताल

सहि कार्यदिशा र निर्दिष्ट विचार र योजना बोक्नेहरुलाई जिताउनै पर्नेमा जोड

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएको प्रगतिशिल व्यवसायी समुहका अध्यक्ष पदका उम्मेदवार अञ्जना धितालले व्यापार व्यवसाय गर्नेहरुविच ठुलो सानो भन्दै विभेद गर्न नहुने नितीमा आफु अडिक रहेको वताएकी छिन । उनले सटरमा रहेर व्यापार गर्नेहरुको संरक्षण गर्ने तर ठेला एबं साना घुम्ति पसलहरुलाई बिस्थापित गर्ने नितीको विरुद्धमा आफनो प्यान नै रहेको उल्लेख गर्दै अध्यक्ष पदका उम्मेदवार धितालले सवैलाई समान र सवैको जित हुने किसिमको व्यापार व्यवसाय गर्न पाउनुपर्नेमा जोड दिईन ।

आज वुधवार कोहलपुर नगरपालिका वडा नं. १० र ६ का मतदाताहरुसंगको भेटघाट तथा घरदैलो कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार धितालले यस्तो कुरा वताएकी हुन । उनले स्थानिय सरकारसंग निरन्तर संवाद पैरवी गर्दै सवै व्यवसायीहरुको हक हितका निम्ति निती निर्माण गरि कार्यान्वयनकालागि पहल गर्ने भन्दै सवै व्यवसायीले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि आफनो उम्मेदवारी रहेको जिकिर गरेकी छिन ।

व्यवस्थित फुटपात आर्कषक ब्यापारीक थलो निर्माण गर्ने देखि कोहलपुर क्षेत्रमा रात्रिकालिन फुड टेष्ट पार्कको आफुसंग अवधारणा रहेको भन्दै कोहलपुरलाई चलायमान वनाउन रात्रिकालिन व्यापार व्यवसाय निर्वाध र निर्भिकतापुर्वक सञ्चालन हुनुपर्ने आफनो सदैव तर्क रहँदै आएको वताएकी छिन ।

 

अधिकांस व्यापारीहरुको चाहना वमोजिम गरिने साझा सवालमा आफनो भिन्न मत नरहने वताएकी अध्यक्ष पदकी उम्मेदवार धितालले मतदाताहरुसंगको न्यानो आत्मियताले केहि गरेर देखाउछु भन्ने ईच्छाशक्ति पैदा भएको समेत वताएकी थिईन । घरदैलो अभियानकै क्रममा महासचिव पदका उम्मेदवार दिपक अर्यालले हिज के भएको थियो भन्दा पनि आउदा दिनहरुमा सिंगो कोहलपुरलाई कन दिशातर्फ लैजाने भन्ने भिजन प्रगतिशिल व्यवसायी समुहसंग मात्र रहेको उल्लेख गर्दै सहि कार्यदिशा र निर्दिष्ट विचार र योजना बोक्नेहरुलाई जिताउनै पर्नेमा जोड दिए ।

उनले कोहलपुरको सवल र सक्षम विकासकालागि अर्थतन्त्र वलियो र चलाएमान हुनुपर्ने भन्दै व्यापार व्यवसायले गति लिएमा स्थानिय सरकारलाई समेत विकास निर्माणका काम गर्न सहज हुने भएकाले उत्कृष्ट भिजन भएको वलियो शक्ति प्रगतिशिल व्यवसायी प्यानललाई विजय हासिल गराउन आम मतदाताहरुमाझ आब्हान गरे ।

महिला नेतृ अञ्जना धितालको प्यानलमा बरिष्ठ उपाध्यक्षमा भुपेन्द्रप्रसाद काफ्ले ,उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी,बस्तुगत उपाध्यक्षमा रुपक भुजेल,महासचिवमा दिपक अर्याल, उप-महासचिव गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले, सह-कोषाध्यक्षमा टंक प्रसाद खनालको उम्मेदवारी रहेको छ भने  सदस्यहरुमा ,अंकित सिग्देल ,एक बहादुर खड्का ,कृष्ण रानाभाट,  ढक बहादुर थारु ,परिवर्तन बिस्वकर्मा ,भानुराज उपाध्याय ,मोती प्रसाद सबेदी ,रबि प्रसाद कर्माचार्य ,राजिव शर्मा तथा महिला सदस्यहरुमा अस्मिता के सी प्रतिभा खड्का , तथा एशोसियट सदस्यमा दिपेश खनाल रहेका छन।

कुल मतदाता संख्या १ हजार ६ सय सतासि रहेको कोहलपुर उद्योग वाणिज्य संघको आसन्न चुनावले ४२ जना उम्मेदवार मध्य आठ जना पदाधिकारी सहित २१ जनालाई निर्वाचित गर्नेछ ।

  • २३ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech