२० पुष २०८१, शनिबार

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरको बेजोड प्रस्तुति

महोत्सवमा स्थलमा निःशुल्क पार्किङको व्यवस्था

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुर–११ स्थित खुल्ला मैदानमा जारी कोहलपुर महोत्सवको छैठौ दिन राष्ट्रियस्तरका कलाकारहरुले बेजोड प्रस्तुति दिएका छन् । आइतबार स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुले बेजोड प्रस्तुति दिएका हुन् ।

१४ गते महोत्सवको मुख्य आकर्षणको रुपमा रहेकी बोलमायाकी गायिका शान्ति श्री परियारले आफ्नो बेजोड प्रस्तुति दिइन् ।उनका आफ्ना चर्चित गीतहरु बोलमाया,रुकुमै कोट, हियार लगायतका गीत प्रस्तुत गरेकी थिइन् ।देशभर लाग्ने मेलाहरु बढी माग भइरहेकी परियारको प्रस्तुति हेर्न कोहलपुुर महोत्सवमा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । उनको गीतमा दर्शकहरुले धुलो उडाउदै महोत्सव स्थल नै रोमाञ्चक बनाएका थिए ।

त्यस्तै,लोक तथा दोहोरी गायक भागीरथ चलाउनेलेपनि दर्शकलाइ भरपुर मनोरञ्जन प्रदान गरे । उनले थोप्डाले धोका दियो बरिल जस्ता गीतले मनोरञ्जन प्रदान गरे । त्यस्तै,युवा पुस्ताका गायक टंक तिमिल्सिनाले लोक देउडा गीतहरु गाएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

यस्तै मिना पुनले पनि दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए भने कोहलपुरकी छोरी मोडेल करिश्मा शाहीको प्रस्तुति रहेको आयोजकले जनाएको छ । पुस ९ गतेदेखि जारी महोत्सव सुरु भएको छैठौं दिनमा पनि दर्शकहरुको उल्लेख्य सहभागिता भएको हो । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव  (एस्पो–२०८१)’ भव्य रुपमा सञ्चालन भइरहेको छ ।

आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् ।

महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा स्थलमा निःशुल्क पार्किङको व्यवस्था समेत गरिएको छ ।

१५ गतेका मुख्य आकर्षक
महोत्सवमा सोमबार पछिल्लो समयकी निकै व्यस्त लोक तथा दोहोरी गायक रामजी खाँड,पछिल्लो समयमा सबैको मन मुटुमा बस्न सफल लोक तथा दोहोरी गायिका टीका पुन, त्यस्तै रुपा घर्तीमगर,थारु गायिका सोमती थारुको प्रस्तुत रहनेछ ।

त्यस्तै महोत्सवमा मोडल तथा डान्सर पार्वती गुरुङ तथा यनि पुनको प्रस्तुति रहने बताइएको छ । साथमा स्थानीय कलाकारहरुको प्रतिभा रहने तथा लाइभ दोहोरी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ । १६गते नायक पल शाह आउँदैछन् ।

  • १४ पुष २०८१, आईतवार प्रकाशित

  • Nabintech