२३ पुष २०८१, मंगलवार

मदन भण्डारी स्पोर्टस एकेडेमी र सशस्त्र प्रहरीको जीत
  • न्युज मानसराेवर

बुटवल\बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र  सशस्त्र प्रहरीले जीत हात पारेका छन् ।

बुटवलको रामनगर खेलमैदानमा जारी प्रतियोगिताको तेस्रो दिन मदन भण्डारी आयोजक एकेडेमीले रुकुम पश्चिममाथि सहज जित निकालेको हो । दोस्रो खेलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

एकेडेमी पहिलो सेट २५–१९, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२३ अंकमा थियो । मदन भण्डारी स्पोटर्स एकेडेमी प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग ३–१ मा पराजित भएको थियो । रुकुम मणिमुकुन्द भलिबल क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । एकेडेमीले छनोट चरणको अन्तिम प्रतिस्पर्धा आइतबार मणीमुकुन्दसँग गर्नेछ । दुवै खेल गुमाएको रुकुम पश्चिमले सोमबार पुलिसको सामना गर्ने छ ।

उता एपीएफले करिब ३ घण्टाको समय खर्चेर गल्कोट भलिबल क्लबलाई ३–२ ले पराजित गरेको छ । चिसो र हुस्सुसँगै शीत परेपछि मैदान भएर बिहीबार स्थगित एपिएफ र गल्कोटबिचको खेल शुक्रबार पुनः खेलाइएको थियो । बिहीबार चौथो सेटमा पुगेर खेल स्थगित भएको थियो । शुक्रबार पहिलो सेट २५–१५ मा सहजै जितेको एपीएफले संघर्षपूर्ण खेलमा दोस्रो सेट २५–२२ पनि आफ्नो पक्षमा पार्‍यो । एपीएफको स्पाइकरको जोडी सुरेन्द्र केसी र सरोज वर्देवाले टोलीलाई कठिन समयमा जित दिलाएका थिए । समूह एमा रहेको पुलिस, मणिमुकुन्दले समान खेले जितेका छन् । रुकुम पश्चिमले दुवै खेल गुमाएको छ ।  पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ७ लाख, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथोले १ लाख रुपैयाँ पाउने छ ।

  • २० पुष २०८१, शनिबार प्रकाशित

  • Nabintech