१८ बैशाख २०८१, मंगलवार

कोहलपुर दुर्घटना अपडेट : ५ को मृत्यु, ७ को अवस्था गम्भिर
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोहलपुरमा शुक्रबार बेलुका भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिप्पर एकआपसमा ठोक्कीदा ५ जनाको मृत्यु भएको हो । बेलुका सवा ६ बजेको समयमा सुर्खेतबाट धरानतर्फ हिडेको मे१ख ३३४७ नम्बरको बस र सम्शेरन्जबाट कोहलपुर तर्फ आउँदै गरेको टिप्पर एक आपसमा ठोक्कीएका थिए ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याएलगत्तै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिए । खनालका अनुसार दुर्घटनास्थलबाट ४७ जना घाईतेको उद्धार गरीएको छ । उद्धार गरीएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाईतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

दुर्घटनामा घाईते भएका ब्यक्तिहरुको उद्धारकालागि २ वटा क्रेन र ३ वटा स्काभेटर प्रयोग गर्नुपरेको खनालले बताए । पुर्णरुपमा क्षतीग्रस्त बस र टिप्परभित्र रहेका घाईतेहरुको उद्धारकालागि ठुलो सँख्यामा जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरीएको थियो । २ घण्टाको प्रयासपछि सबै घाईतेको उद्धार गर्न सफल भएको खनालले जानकारी दिए ।

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech