८ माघ २०८१, मंगलवार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले के निर्णय गर्‍यो ?
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले विभिन्न  निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

लुम्बिनी प्रदेश समसामयिक कर, राजश्व संकलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रलाई स्वीकृति प्रदान गर्ने, लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई जग्गाको व्यवस्थापनको लागि प्रदेश सरकार मन्त्रिपरिषद्‌बाट नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरेर पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

बैठकले प्रदेशका केही सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय पनि गरेको छ । साथै, डा. ओम अर्याललाई प्युठान अस्पताल र त्यहाँ कार्यरत रहेका ११औं तहका डा. विनोद सिंहलाई रोल्पा अस्पतालमा खटाउने बैठकले निर्णय गरेको छ ।

गत वर्षको दायित्व भुक्तानी दिने बारेमा पनि बैठकले निर्णय गरेको मन्त्री पन्थीले जानकारी दिए ।‘गत वर्ष काम सम्पन्न भएको तर, भुक्तानी दिन बाँकी रहेकाको हकमा बैठकले निर्णय गरेर निकास दिएको छ’, मन्त्री पन्थीले भने,‘काम सम्पन्न भएर पनि भुक्तानी नपाएकाहरूले अब भुक्तानी पाउने गरी निर्णय भएको छ ।

  • ८ माघ २०८१, मंगलवार प्रकाशित

  • Nabintech