बाँके \नेपालका कम्युनिष्ट पार्टीहरुले वैज्ञानिक समाजवादी क्रान्तिको बाटो छाडेको भन्दै समाजवादी कम्युनिष्ट पार्टी नेपाल गठन गरिएको छ।तत्कालिन विप्लव नेतृत्वको नेकपाबाट विभाजित भई मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकता गरी पुन त्यहाँबाट विभाजित समूहले रुपन्देहीमा विशेष राष्ट्रिय सम्मेलन गरी समाजवादी कम्यूनिष्ट पार्टी गठन गर्ने निर्णय गरेका हुन्।