२१ माघ २०८१, सोमबार

कोहलपुरमा सात हजारभन्दा बढी एचपिभी खोप लगाइने
  • न्युज मानसराेवर

कोहलपुर\बाँकेको कोहलपुरमा सात हजारभन्दा बढी बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ एचपिभी खोप लगाइने भएको छ ।कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीका अनुसार कोहलपुर नगरपालिकाका १५ वटा वडाका सात हजार ४५८ जना किशोरीलाई एचपिभी खोप दिन लागिएको हो ।कोहलपुर नगरपालिकाका विद्यालयमा अध्ययनरत छ हजार ८०९ जना र विद्यालय बाहिर रहेका ६४९ जना किशोरीलाई खोप लगाउन लागिएको ठकुरीले जानकारी गराएका छन।

  • २१ माघ २०८१, सोमबार प्रकाशित

  • Nabintech