६ जेष्ठ २०८२, सोमबार

अनेमसंघ कोहलपुरको पूर्ण बैठक सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर\नेकपा एमाले निकट अनेमसंघ कोहलपुरले आफ्नो पूर्ण बैठक सम्पन्न गरेको छ ।  अनेमसंघ कोहलपुर नगर कमिटी अध्यक्ष उर्मिला पाण्डेको अध्यक्षतामा बसेको पूर्ण बैठकले ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने बारेमा छलफल गरेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन विभिन्न संघ संस्था तथा पार्टीसँग समन्वय र सहकार्य गर्ने निर्णय समेत गरिएको बताइएको छ । त्यसै गरी वडा कमिटी र टोल कमिटी गठन,संगठित सदस्य नविकरण तथा नयाँ सदस्य बनाउने समेत निर्णग गरिएको छ ।

  • २६ माघ २०८१, शनिबार प्रकाशित

  • Nabintech