बाँके\बुद्धजन्मस्थल लुम्बिनीमा श्रामणेर (अल्पकालीन) भिक्षु भएकाहरूले शनिबार भैरहवामा बुद्धको अस्तिधातुसहितको धम्मयात्रा गरेका छन्। मायादेवी मन्दिरमा फागुन २० गते पहेलो चीवर ग्रहण गरी बुद्ध शिक्षाबाट प्रवजित भएका ५ सयजना अल्पकालीन भिक्षुहरूले भैरहवामा धम्मयात्रा गरेका हुन्।