१० बैशाख २०८२, बुधबार

भेरीमा पहिलोपटक मिर्गौला प्रत्यारोपण
  • न्युज मानसराेवर

बाँके\नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र काठमाडौँको सहकार्यमा मङ्गलबारदेखि उक्त सेवा अस्पतालमा पहिलोपटक सुरु भएको हो ।भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।निराजन सुवेदीले भेरी अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा सुरुवात गरिएको जानकारी गराएका छन।

अस्पतालका अनुसार अस्पतालका तर्फबाट एकजना कानुनी सल्लाहकार (वकिल), जिल्ला प्रशासन कार्यालयका तर्फबाट एकजना अधिकृतस्तरको कर्मचारी र अस्पतालका तर्फबाट एकजना अधिकृतस्तरको कर्मचारी उक्त समितिमा रहेका छन् । यो समितिले सिफारिस गरेमात्र मिर्गौला प्रत्यारोपण हुने बताइएको छ ।

  • ९ बैशाख २०८२, मंगलवार प्रकाशित

  • Nabintech